काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँका लागि ४० अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गर्ने भएको छ । गत वर्षजस्तै यो वर्षपनि राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध गराउने भएको हो । "/>

दसैँका लागि ४० अर्ब रुपैयाँ बराबरका नयाँ नोट

दसैँका लागि ४० अर्ब रुपैयाँ बराबरका नयाँ नोट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँका लागि ४० अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गर्ने भएको छ । गत वर्षजस्तै यो वर्षपनि राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध गराउने भएको हो ।

निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइनेछ। केहिदिनभित्र निर्णय गरेर घटस्थापना आसपासबाट नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ। यसअघि राष्ट्र बैंकले काठमाडौँस्थित बैङ्किङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरूबाट मात्रै नयाँ नोट सटही गर्दै आएको थियो । तर यसपालि सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ।

नेपाल बैंकको काठकाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइन्छ। राष्ट्र वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा लिन पाइनेछ ।

साथै कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइने छ। राष्ट्र बैंकमै गएर साट्नेहरूले भने प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने छन्।

 

Logo