काठमाडौं

नेपाल आयल निगमले सोमबार राति देखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । "/>

आयल निगमद्वारा इन्धनको मुल्यवृद्धी : अब पेट्रोलको मूल्य प्रतिलिटर ११४ कायम

आयल निगमद्वारा इन्धनको मुल्यवृद्धी : अब पेट्रोलको मूल्य प्रतिलिटर ११४ कायम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल आयल निगमले सोमबार राति देखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको हो । प्रतिलिटर पेट्रोल र डिजेलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेलमा ३ रूपैयाँले वृद्धि गरिएको आयल निगमले जनाएको छ ।

मूल्यवृद्धिसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११४ रूपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १०१ रूपैयाँ पुगेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मूल्यवृद्धिपछि पनि पेट्रोलमा २.९२ र डिजेलमा २ रूपैयाँ प्रतिलिटर घाटा रहेको छ । निगमले हवाइ इन्धन र खाना पकाउने ग्याँसको भने मूल्यवृद्धि गरेको छैन । हाल एलपी ग्याँसमा प्रतिसिलिण्डर ३०९.७९ रुपैयाँ घाटा रहेको निगमले जनायो ।

Logo