काठमाडौं

यस पटकको सवारी साधनहरुको महाकुम्भ मेला नाडा अटो शो सकिएको छ । मेलामा ८ सय चारपांग्रे तथा १६ सय दुइपांग्रे गाडीको बुकिङ भएको बताइएको छ । "/>

८ सय कार बुकिङ हुँदै सकियो नाडा अटो शो

८ सय कार बुकिङ हुँदै सकियो नाडा अटो शो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

यस पटकको सवारी साधनहरुको महाकुम्भ मेला नाडा अटो शो सकिएको छ । मेलामा ८ सय चारपांग्रे तथा १६ सय दुइपांग्रे गाडीको बुकिङ भएको बताइएको छ । यो १३ औं नाडा अटो शो हो ।

नेपाल अटोमोवाइल्स डिलर्स एसोशियसन नाडाका अनुसार अटो शो मा चारपांग्रे, २ पांग्रे र पाटपुर्जाका गरी ७१ कम्पनीका १ सय ३४ स्टल राखिएको थियो । ६ दिन सम्म चलेको मेलामा ६५ हजार जनाले अवलोकन गरेको नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । उनले यो पटकको नाडा अटो शो अहिले सम्मकै उत्कृष्ट भएको पनि दावी गरे ।

यसै विच १३ औं नाडा अटो शो को उत्कृष्ट स्टल फक्सवागनले जितेको छ । चारपांग्रेतर्फको उत्कृष्ट स्टल फक्सवागनले जितेको र २ पांग्रेको उत्कृष्ट स्टल टिभिएसले जितेको छ । उत्कृष्ट ल्यूव, टायर, पार्टस लगायतका स्टलमा रिटा अटोमोवाइल्सले जितेको छ । नाडाले हरेक वर्ष उत्कृट स्टललाई सम्मान गर्दै आएको छ ।

Logo