काठमाडौं

धानको बाला लाग्ने बेला किसानले युरिया मलको चरम अभाव झेले । ढिला गरी सरकारले ल्याइदिएको छ तर जोख्दा सबजसो बोरामा तौल कम पाइएको छ । "/>

धानको बाला लाग्ने बेलामा बल्ल मल आयो तर तौल कम

धानको बाला लाग्ने बेलामा बल्ल मल आयो तर तौल कम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

धानको बाला लाग्ने बेला किसानले युरिया मलको चरम अभाव झेले । ढिला गरी सरकारले ल्याइदिएको छ तर जोख्दा सबजसो बोरामा तौल कम पाइएको छ । सरकारी स्वामित्व रहेको कृषि सामग्री कम्पनीले बिशाखापट्टनमबाट वीरगञ्ज सुख्खा वन्दरगाहमा भित्र्याएको मलका हरेक बोरामा निकै कम पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले १० किलोसम्म कम पाएको आफूले सुनेको र गहन अध्ययन गरिरहेको बताए ।

भारतको इण्डियन पोटास लिमिटेड (आईपीएल) बाट खरिद भएको युरिया मलको प्रत्येक ५० केजीका बोरामा पूरा तौल कुनैमा पनि छैन । पछिल्लो समय युरिया मलको चर्को हाहाकार भइरहँदा कम्पनीले आईपीएल मार्फत ३० हजार मेट्रिक टन किनेको थियो । त्यस मध्ये १० हजार मेट्रिक टन भैरहवा आएर बिक्री भइसकेको छ । बाँकी २० हजार मेट्रिक टन ( आठ र्‍याक) मध्ये तीन दिन अघि साँढे सात हजार मेट्रिक टन वीरगञ्ज सुख्खा वन्दरगाह आइपुगेको थियो ।

चितवन भरतपुरका किसान दामोदर पौडेलले किनेका तीनवटै बोरामा कम तौल भेटिएको बताए । मलको चर्को अभाव भइरहेको अवस्थामा दुई दिन अघि स्थानीय कृषि सामग्री कम्पनीको शाखाले उपलब्ध गराएको थियो । ‘मल आएको सुन्ने बित्तिकै म बिहानैदेखि लाइन बसेर तीन बोरा किनें । त्यसलाई तौल गर्दा प्रत्येकमा डेढ किलो देखि अढाइ किलो कम पाइयो,’ उनले भने, ‘यस बिषयमा शाखा कार्यालयलाई जानकारी गराइसकेको छु ।’

गोरखाको गण्डकी गाउँपालिकाको लोक कल्याण कृषि सहकारीले बिहिबार गजुरीको सहकारीबाट ३० बोरा मल किन्यो । ती मध्ये नमूना रुपमा सात बोरा डिजिटल मेसिनमा जोख्दा डेढ देखि अढाई किलो कम भेटिएको उक्त सहकारीका प्रमुख रमेश नेपालले जानकारी दिए । उनले अन्य पसलका डिजिटल मेसिनमा समेत जोख्दा परिणाम उही आयो । उनले पनि त्यसबारे सहकारीमा जानकारी गराएको बताए ।

कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख अजय श्रीबास्तवले भने कम तौल नभएको दाबी गरे । उनले भने, ‘मैले पनि परीक्षण गर्दा बोरामा कम परिमाण भेटिएको फेला पार्न सकेको छैन । पूर्ण तौलकै बोरा हामीले पठाएका छौं,’ उनले भने ।
अन्नपूर्णबाट

Logo