काठमाडौँ

गत मंगलबार देखि राजधानीको भृकुटीमण्डपमा सञ्चालित सवारीसाधनको कुम्भ मेला ‘नाडा अटो सो–२०१८’ मा अवलोकनकर्ताको भीड लागेको छ । "/>

नाडा आटो शो मा अवलोकनकर्ताको भीड वढ्दै

नाडा आटो शो मा अवलोकनकर्ताको भीड वढ्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गत मंगलबार देखि राजधानीको भृकुटीमण्डपमा सञ्चालित सवारीसाधनको कुम्भ मेला ‘नाडा अटो सो–२०१८’ मा अवलोकनकर्ताको भीड लागेको छ । मेला सुरु भएको चौथो दिन शुक्रबार साँझसम्म करिब ४० हजारले अवलोकन गरेको मेला आयोजक संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।

नाडा अटोमोबाइल एसोसिएसनका सचिव एवं नाडा आटो सो–२०१८ का प्रचारप्रसार समिति सभापति अनुप बरालले मेला सुरु भएको चौथो दिन शुक्रबार साँझसम्म करिब ४० हजारले अवलोकन गरेको जानकारी दिए । अहिलेसम्मको चापको अनुपातलाई हेर्दा विगत वर्षको तुलनामा यसपालिको मेलामा अपेक्षा गरिए भन्दा बढी अवलोकनकर्ताको भीड लाग्ने देखिएको बताउँदै बरालले भने, ‘शुक्रबारसम्म करिब ३५ देखि ४० हजार अवलोकनकर्ता यो मेलामा आइसकेका छन् ।’

आइतबार ( ३१ भदौ ) सम्म सञ्चालन हुने ६ दिने मेलामा करिब ६० हजार अवलोकनकर्ता आउने अनुमान गरिए पनि अहिले सो अनुमान भन्दा बढी आउने लक्ष्ण देखिएको भन्दै उनले मेला विगत भन्दा निकै व्यवस्थित भएको दाबी गरे । गत वर्ष कुल ६२ हजार अवलोकनकर्ता नाडामा सहभागी भएको जानकारी गराउँदै उनले यसवर्ष सो संख्या भन्दा निकै बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको बताए ।

अहिले आफूहरूले अवलोकनकर्तालाई सहज रूपमा स्टलमा पुगेर विभिन्न ब्रान्डका सवारीसाधनका बारेमा जानकारी लिन मेलालाई एकदमै व्यवस्थित बनाएको बताउँदै उनले अहिलेको मेलामा अवलोकनकर्ताको भीड एकीकृत भएको बताए । मेलामा सबै स्टलमा पुगेर आफूलाई मनपरेको सवारीका बारेमा सबै जानकारी लिएर सहज रूपमा बुकिङ गराउन नाडाले गरेको प्रयासप्रति मेला भर्न आउनेहरूले पनि निकै प्रशंसा गरेको उनको भनाइ छ ।

दसैंको मुखैमा सञ्चालन भएको यस मेलामा विभिन्न कम्पनीका सवारीसाधन विक्रेताले सवारी पारखीलाई लोभ्याउन अहिले विभिन्न उपहार एवं छुटैछुटको बहार नै ल्याएका छन् । जसले गर्दा मेलामा अवलोकनकर्ताको भीड लाग्ने गरेको नाडाले जनाएको छ ।
राजधानीबाट

Logo