बिहिबारदेखि निष्काशन भएको कालिका पावर कम्पनी लिमिटेडको आइपिओमा पहिलो दिनमै माग भन्दा बढीको आवेदन परेको छ ।

कम्पनीले सर्बसाधारणलाई १२ लाख कित्ता आईपिओ निष्काशन खुला गरेको भए पनि पहिलो दिन २० लाख ७३ हजारको कित्ताको लागि आवेदन परेको छ । "/>

कालिका पावरको आइपिओमा पहिलो दिनमै माग भन्दा बढी आबेदन

कालिका पावरको आइपिओमा पहिलो दिनमै माग भन्दा बढी आबेदन

केन्द्रबिन्दु
0
Shares

बिहिबारदेखि निष्काशन भएको कालिका पावर कम्पनी लिमिटेडको आइपिओमा पहिलो दिनमै माग भन्दा बढीको आवेदन परेको छ ।

कम्पनीले सर्बसाधारणलाई १२ लाख कित्ता आईपिओ निष्काशन खुला गरेको भए पनि पहिलो दिन २० लाख ७३ हजारको कित्ताको लागि आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले दिएको जानकारी अनुसार पहिलो दिन २९ हजार २ सय ८८ जना आवेदकबाट २० लाख ७३ हजारको कित्ताको लागि आवेदन परेको हो । यो माग गरिए भन्दा १.७२ गुणा बढीको आवेदन हो ।

१२ लाख कित्ता मध्ये २४ हजार कित्ता कर्मचारीको लागि र ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम अधिकतम ६ हजा कित्ताको लागि आवेदन दिनु पर्ने छ ।

शेयर निष्काशनको लागि काठमाडौँ क्यापिटल मार्केट र ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेका छन् । अईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ६० करोड पुग्ने छ । कम्पनीले आफ्नो विवरण पत्रमा आर्थिक बर्ष ७५/७६ देखि नै शेयर लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले यस बर्ष ३ करोड बराबरको बोनस शेयर दिने प्रक्षेपण आफ्नो विवरण पत्रमा गरेको छ, जुन ५ प्रतिशत हो ।

लगानीकर्ताले असोज १ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन् ।

Logo