कालिका पावरको आईपिओ खुल्यो, पहिलो बर्षमै बोनस !

कालिका पावरको आईपिओ खुल्यो, पहिलो बर्षमै बोनस !

केन्द्रबिन्दु
0
Shares

कालिका पावर कम्पनी लिमिटेडले साधारण शेयर आईपिओ बिक्रि खुला गरेको छ ।  कम्पनीले आज भदौ २८ गतेदेखि सर्बसाधारणलाई १२ लाख कित्ता आईपिओ निष्काशन खुला गरेको हो ।  

१२ लाख कित्ता मध्ये २४ हजार कित्ता कर्मचारीको लागि र ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ   । लगानीकर्ताले छिटोमा असोज १ गतेसम्म र ढिलोमा असोज २८ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन्  ।  आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम अधिकतम ६ हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ  । 

शेयर निष्काशनको लागि काठमाडौँ क्यापिटल मार्केट र ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेका छन् । अईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ६० करोड पुग्ने छ  । कम्पनीले आफ्नो विवरण पत्रमा आर्थिक बर्ष ७५/७६ देखि नै शेयर लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले यस बर्ष ३ करोड बराबरको बोनस शेयर दिने प्रक्षेपण आफ्नो विवरण पत्रमा उल्लेख गरेको छ  ।  

Logo