काठमाडौं

सरकारले आगामी असोजको दोस्रो साता देखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । "/>

चार्डपर्व केन्द्रीत सुपथ मूल्य पसल असोज दोस्रो साता देखि संचालन हुने

चार्डपर्व केन्द्रीत सुपथ मूल्य पसल असोज दोस्रो साता देखि संचालन हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले आगामी असोजको दोस्रो साता देखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । दसैंतिहार र छठपर्वलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १२ देखि कात्तिक २७ गतेसम्म यस्ता पसल सञ्चालन गर्न लागेको हो ।

मन्त्रालयका प्रवक्ता नवराज ढकालले काठमाडौं उपत्यकासहित देशभर ४२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने जानकारी दिए । यो वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य संस्थान, दुग्ध विकास संस्थान र सहकारी पसलले संयुक्तरूपमा सुुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन् । ‘चाडवाडको समयमा उपभोक्तालाई सहज र सुलभ मूल्यमा दैनिक उपभोग्यका वस्तु उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका छौं’, ढकालले भने ।

मन्त्रालयले यस्ता पसल मार्फत प्रतिकिलो मोटा चामलमा पाँच रुपैयाँ छुटको व्यवस्था गरेको छ । बाँसमती चामलमा प्रतिकिलो १०, खसीबोका र च्याँग्रामा प्रतिकिलो १०, नूनमा दुई रुपैयाँ, डीडीसीको घिउमा ५० र पनिरमा १० रुपैयाँ छुट दिने व्यवस्था मिलाइएको छ । चिनीमा छुट दिने विषयमा अहिले टुंगो लागिसकेको छैन ।

साल्ट ट्रेडिङ कर्पोरेसनका सहमहाप्रबन्धक कुमारराज भण्डारीले भने, ‘चिनीमा छुट दिने विषयमा चिनी उद्योगी र खुद्रा तथा थोक बिक्रेतासँग छलफल जारी छ, एक ÷दुई दिनमै टुंगो लाग्छ ।’ मन्त्रालयका अनुसार संस्थान, कर्पोरेसन, दुग्ध विकास संस्थानले संयुक्तरूपमा कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार (रामशाहपथ) , सतुंगल, भक्तपुर र ललितपुरमा एकीकृत सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । यस्तै कर्पोरेसनले काठमाडौंका नौ स्थानसहित तीन वटा घुम्ती सेवा पसल, त्रिशूली र २२ वटा कार्यालयमार्फत गरी ३६ स्थानमा यस्ता पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
अन्नपूर्णबाट

Logo