काठमाडौं

नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालमा ५० वर्ष पुरा गरेको उत्सवमा दशैं तथा तिहार स्किम ‘सम्बन्ध सपनाहरुको’ ल्याएको छ । "/>

होन्डाका सवारी साधन खरिदमा ५० लाख सम्म जित्न सक्ने अफर !

होन्डाका सवारी साधन खरिदमा ५० लाख सम्म जित्न सक्ने अफर !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालमा ५० वर्ष पुरा गरेको उत्सवमा दशैं तथा तिहार स्किम ‘सम्बन्ध सपनाहरुको’ ल्याएको छ । उत्सवको अवसरमा विगतका वर्षहरु झैं यो वर्ष पनि होन्डाले ग्राहकहरु माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई बजारमा ल्याएको हो ।

यस स्किमको समय अविधि भर होन्डाका ग्राहकले होन्डाको कुनै पनि बाइक, स्कुटर र कारको खरिदमा आकर्षक नगद उपहारका साथै अन्य सुविधा जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकले होन्डा मोटरसाइकलको खरिदमा स्क्र्याच कुपन मार्फत १ लाखसम्मको नगद छुट, ५ वर्ष फ्रि सर्भिसिङका साथै ५ वर्षको लागि स्पेयर पार्टसमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

होन्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् भने होण्डा कारको खरिदमा आकर्षक नगद छुट, १ वर्षको निःशुल्क रोड ट्याक्स तथा १ वर्षको कम्प्रिह्यान्सिभ इन्स्योरेन्स प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुनको लागि होन्डाको कुनै पनि खरिदमा ग्राहकले एउटा फर्म प्राप्त गर्न सक्नेछन् । उक्त फर्मबाट ५० जना भाग्यशाली विजेताले आफ्नो वीस्स लाई फेसबुक मार्फत सेयर गर्ने अवसर प्राप्त गर्नेछन् र सबै भन्दा बढी लाइक प्राप्त गर्ने भाग्यशाली विजेताले ५० लाख रुपियाँ जित्ने कम्पनीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Logo