नेपालमै पहिलो पटक एसडब्लुएम मोटरसाइकल सार्वजनिक

नेपालमै पहिलो पटक एसडब्लुएम मोटरसाइकल सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

ज्ञान अर्थ मुर्भस प्रा. लि.ले इटालियन कम्पनी एसडब्लुएमको मोटरसाइकल सार्वजनिक गरिएको छ । एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता ज्ञान ग्रुप अन्तर्गत यी बाइक भृकुटीमण्डपमा आयोजित नाडा अटो शोमा नेपालमै पहिलो पटक यो मोटरसाइकल सार्वजनिक गरेको हो ।

प्रारम्भमा एसडब्लुएमका आरएस ३०० आर, सुपर ड्युअल ६५० टी र सिल्भर भेस ४४० का मोडल भित्र्याइएका छन् । आरएस ३०० आरको मूल्य १६ लाख, सुपर ड्युअल ६५० टीको २३ लाख रुपैयाँ र सिल्भर भेस ४४० को मूल्य १४ लाख ५० हजार कायम गरिएको छ ।

इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको थियो । कम्पनीले बजार बिस्तारको लागि हाल बालुवाटार स्थित शोरुम र वर्कशपको अलावा चितवन र पोखरामा शोरुम खोल्ने तयारी भएको ज्ञान अर्थका निर्देशक दिपेश श्रेष्ठले जानकारी दिए ।

Logo