केन्द्रबिन्दु नाडा राउन्ड टेबलमा कस्ले के भने ?

केन्द्रबिन्दु नाडा राउन्ड टेबलमा कस्ले के भने ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नाडा अटो शो ले २६ गते मंगलबार देखि ६ दिन सम्मलाई संचालन गर्न लागेको १३ औं नाडा शो को पुर्वसन्ध्यामा केन्द्रबिन्दु अनलाईन मिडियाले नाडा अटो शो २०१८ राउन्ड टेबल कार्यक्रम सम्पन्न गरेको छ । नाडा अटो शो को आयामको विषयमा छलफल गर्ने उद्देश्यले केन्द्रबिन्दु मिडियाले उक्त कार्यक्रम आयोजना गरेको हो ।
नाडा शो को १३ औं पुर्वसन्ध्यामा सोमबार त्रिपुरेश्वर स्थित वल्र्ड ट्रेड सेन्टरमा छलफल कार्यक्रम आयोजना गरिएको थियो । नाडाको पहिलो अटो शो सन् १९९८ नोभेम्बरमा भृकुटीमण्डपबाट सुरु भएको थियो र यसको १३ औं अटो शो पनि भृकुटीमण्डपमा नै संचालन हुँदैछ । २६ कम्पनिका स्टलहरुबाट सुरु भएको नाडा अटो शो यसपटक १ सय ३५ भन्दा बढीमा फैलिएको छ ।

उतm कार्यक्रममा नाडा अटो सो को मुख्य उद्देश्य, विशेषता लगायतको विभिन्न विषयमा छलफल गरिएको थियो । उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष तथा कार्यबहाक अध्यक्ष कृष्ण प्रसाद दुलाल, सडक विभाग निर्देशक रवीन्द्र श्रेष्ठ, सडक बोर्डका कार्यकारी प्रमुख कृष्ण सिंह बस्नेत, यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्याल, नासा नेपालका महासचिव गोविन्द भट्टराई, भन्सार विभाग महाप्रवन्धक तोयम राया, ट्राफिक प्रहरी महाशाखाका डिएसपि मदन कुँवर, सेलिब्रेटी युवा उद्यमी दिकेश मल्होत्रा लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा नाडाको उपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष कृष्ण प्रसाद दुलालले अटो मोवाईललाई अर्थतन्त्रको मेरुदण्ड मान्दै योे बिना देशको विकास असम्भव भएको बताए । सरकारले यो वर्ष देखि सवारीमा सिसी अनुसारको कर लगाएको छ तर नेपालको भौगोलिक आधारमा धेरै सिसि भएको गाडी चाहिने हुँदा यसको विषयमा विरोध गरेको बताए । यस्तै भन्सारले कति गाडी ल्याउने भन्ने विषयमा मापदण्ड र पुवार्धारहरु तयार गर्नुपर्ने उनको भनाई रह्यो । कालो बजारी ऐन हिरो हुनलाई गरिएको भन्दै यसको ब्राण्ड र शोको मुल्य हेरेर यो ऐनले व्यवस्थापन गर्नु पर्ने उनले बताए ।

यस्तै महासचिव सुनिल रिजालले सम्पुर्ण व्यवसायीहरुलाई नछली कर तिर्न आग्रह गरे । यस्तै यो क्षेत्र बाट संकलन भएको करले सडक व्यवस्थापनमा काम लगाइयोस भन्ने आग्रह समेत गरे । काठमाडौंमा धेरै समस्या पार्किङको रहेको हुनाले यस्को विषयमा सम्बन्धित निकायले ध्यान दिन सुझाए ।
नाडाका सदस्य पंकज अग्रवालले अटो मोवाईलमा स्पेयर पार्टस पनि महत्वपुर्ण अंग रहेको वताउँदै अटो मोवाईलले सम्पुर्ण स्पेयर पार्टहरु वाहिर बाट आयात गर्नुपर्ने हुँदा भन्सारमा लाग्ने करको न्युनिकरण गर्न सरकारलाई आग्रह गरे ।

यस्तै सेलिब्रेटी युवा उद्यमी दिकेश मल्होत्राले अटो मोवाईल शो को विषयमा नेपालमा हुने अटो शोले अन्तराष्ट्रिय उपभोक्तालाई केन्द्रित नगरि नेपालमा बस्नेलाई मात्र केन्द्रित गरेको र ब्राण्डले पनि सपोर्ट नगरेको बताए । अन्तराष्ट्रिय उपभोक्तालाई बोलाएर कार्यक्रम गर्ने स्थान पनि नभएको उनले बताए । स्थानको अभावले ठुला सवारीहरुको शो गर्न सम्भव नरहेको पनि सुनाए । अटो मोवाईल क्षेत्रको अस्वस्थ्य प्रतिस्पर्धा हटाउन सके राम्रो हुने पनि उनले टिप्पणी गरे ।

यस्तै सडक सुरक्षाको विषयमा नासाका महासचिव गोविन्द भट्टराईले विकासको पुर्वधार, सामाजिक रुपान्तरण, रोजगार दिने र धेरै संवेदनशील आधारमा अटो मोवाईल सिमित व्यत्तिको रमाईलोको लागि लिएको तर पछिल्लो समय यस्ले आफ्नो हैसियत प्राप्त गरेको बताए । तरकारीको मुल्य वृद्धि हुँदा हामी विरोध गर्छौ तर नाडाको मुल्य वृद्धिमा कस्ले सोध्ने भनेर प्रश्न गरे । नाडाले संथागत सहकार्य र राजनीति साझेदारीमा अघि बढ्नु पर्ने पनि उनले बताए ।

सडक बोर्डका कार्यकारी प्रमुख कृष्ण सिंह बस्नेतका अनुसार हामीले तिरेको करको रकम सडक विस्तार, सडक मर्मतसम्भार जस्ता कार्यमा जानुपर्ने बताए । नेपालमा ट्राफिक, पुलिस र सडक विभाग बिचमा समन्वय नभएको पनि अनुभव सुनाए ।

यस्तै ट्राफिक प्रहरी महाशाखाका डिएसपि मदन कुँवरले सडकमा राम्रो व्यवस्थापन नभएकोले गर्दा सवारी साधनको चाप बढी भएको र समस्या उत्पन्न भएको बताए । यातायातको विषयमा ट्राफिक सुरक्षामा सधैँ साथ र सहयोग हुने पनि उनले आस्वस्थ पारे ।

यस्तै भन्सार विभाग महाप्रवन्धक तोयम रायाले समृद्ध नेपाल सुखी नेपाली भन्दै अबको व्यापार पारदर्शी र सचरित्रमा आधारित हुनुपर्ने बताए । उनले आयत गर्ने व्यवसायीमा घुस लिने र दिने काम बन्द गर्नु पर्ने समेत बताए । उनले व्यवसाय गर्दा निर्धक्क काम गर्नु सके राम्रो हुने बताए । कार्यक्रममा रमन मोटर्शका विनोद थापा र इभेइकलका अध्यक्ष उमेसराज श्रेष्ठले समेत मन्तब्य राखेका थिए ।

Logo