काठमाडौं

सरकारले पुरक वजेट ल्याउन छलफल गरेको छ । वजेटमा बृद्धभत्ता नबढाएपछि चर्को जनगुनासो बढेको भन्दै बृद्धभत्ता बढाउनकै लागि पनि पुरक वजेट ल्याउने गरी छलफल भएको हो । "/>

बृद्धभत्ता वृद्धि गर्नकै लागि पुरक वजेट ल्याउने सरकारको तयारी

बृद्धभत्ता वृद्धि गर्नकै लागि पुरक वजेट ल्याउने सरकारको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले पुरक वजेट ल्याउन छलफल गरेको छ । वजेटमा बृद्धभत्ता नबढाएपछि चर्को जनगुनासो बढेको भन्दै बृद्धभत्ता बढाउनकै लागि पनि पुरक वजेट ल्याउने गरी छलफल भएको हो ।

पुरक वजेटका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन् । अध्यक्ष प्रचण्डले जिल्ला जिल्लामा पुग्दा वजेटमा बृद्धाभत्ता नबढाएकोमा सारै बिरोध भयो भन्ने गुनासो आएकोले त्यसलाई सम्बोधन गर्नका लागि छलफल भएको बताएका छन् ।

पुरक वजेटबारेको छलफल पुरानै भएको भन्दै प्रचण्डले जनगुनासो सम्बोधन गर्ने विकल्पका रूपमा ल्याउने गरी छलफल भएको जानकारी दिए । ‘म देशभरमा सबै ठाउँमा जाँदा जुन जनगुनासो छ । एक पैसा पनि नबढाइएकोमा सारै बिरोध भयो भनिएको छ,’ प्रचण्डले भने, ‘कमसेकम बृद्धाभत्ता दिनकै लागि पनि एउटा व्यवस्था त गर्नुपर्‍यो भन्ने सन्दर्भमा छलफल भएको हो । तर निर्णय भएको छैन ।’

पुरक वजेट जरुरी ठानिए सरकारले ल्याउन सक्ने अध्यक्ष प्रचण्डको भनाइ छ । ‘जरुरी पर्‍यो भने पुरक वजेट ल्याउनु पर्छ भनिएको हो,’ उनले भने, ‘निर्णय भएको छैन । यो त सरकारको संबैधानिक, राजनीतिक कानुनी सबै अधिकार छँदैछ ।’ सरकारले यसपटकको वजेटमा बृद्धभत्ता नबढाएपछि प्रतिपक्ष र जनस्तरबाट व्यापक बिरोध र गुनासो भएको थियो । तत्कालीन वाम गठबन्धनले चुनावमा बृद्धभत्ता बढाउने भन्दै भोट मागेको थियो ।
नेपाल समाचारपत्रबाट

Logo