काठमाडौं

अमेरीकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैं महँगो हुने भएको छ । "/>

डलर भाउ वढेसँगै नेपालीहरुका चार्डपर्व पनि महँगिदै

डलर भाउ वढेसँगै नेपालीहरुका चार्डपर्व पनि महँगिदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

अमेरीकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैं महँगो हुने भएको छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुँदा दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने भएपछि नेपालीहरूको सबैभन्दा ठूलो चार्ड दसैं नै महँगोे हुने भएको हो ।

बिहीबार नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी विनियम दर अनुसार एक अमेरीकी डलरको खरिद दर ११४.५१ रुपैयाँ र बिक्री दर ११५.११ रुपैयाँ निर्धारण गरेको छ । २०७० भदौ देखि एक डलरका लागि १ सय रुपैयाँ भन्दा धेरै खर्च गर्नु पर्ने भएको हो । डलर बलियो हुने क्रम निरन्तर कायम रहेपछि २०७५ मा एक अमेरिकी डलर खरिदका लागि ११५ रुपैयाँ भन्दा धेरै खर्च गर्नु पर्ने भएको हो ।

नेपालले विभिन्न १६३ वस्तु आयात गर्दा अमेरीकी डलरमा खरिद गर्नु पर्ने हुन्छ । जसले गर्दा ती वस्तुका कारण मूल्यवृद्धि हुने निश्चित छ । त्यसका साथै पेट्रोलियम पदार्थ पूर्ण रूपमा आयातमा निर्भर छ । विश्व बजारमा यसको मूल्य समेत बढ्ने क्रममा भएकाले नेपाली अर्थतन्त्रमा महँगी वढ्ने निश्चित छ ।

तर डलर बलियो हुँदा नेपाल आउने रेमिट्यान्स पनि वढ्छ । गत वर्षमा मात्र ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स आएको तथ्यांक छ । यो वर्ष डलरका कारण यसमा झने सुधार आउने निश्चित छ । बढेको रेमिट्यान्सले महँगीलाई थेग्ने देखिए पनि नेपालमा अधिकांश वस्तुहरू आयत गर्नुपर्ने अवस्था भएकाले दसैं महँगो हुनेमा दुर्इमत देखिँदैन ।

पेट्रोलियम पदार्थको मूल्य वढ्नु तथा भारतको चालू खाता घाटा बढ्नुले भारतीय रुपैयाँ समेत कमजोर भएको छ । अमेरीका र चीन, क्यानडा, मेक्सिको तथा युरोपियन मुलुकबीच रहेको व्यापार युद्धका कारण अमेरिकी मुद्रा बलियो भएको अर्थशास्त्रीहरू बताउँछन ।
कारोबारबाट

Logo