मिर्मिरे लघुवित्तको लाभांश घोषणा, हकप्रदले समेत पाउने

मिर्मिरे लघुवित्तको लाभांश घोषणा, हकप्रदले समेत पाउने

केन्द्रबिन्दु
0
Shares

हकप्रदले समेत लाभांश पाउने गरि मिर्मिरे लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ १७ गते आइतबार बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट २४ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रतिशत हकप्रद बिक्रि र बाँडफांड पश्चात कायम हुने चुक्ता पुंजीको २४ प्रतिशतको दरले दुई करोड ४९ लाख २६ हजार ४०० रुपैयाँ बोनस तथा कर प्रयोजनका लागि १३ लाख ८ हजार ६३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  । बोनसपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षमा कम्पनीले ३ करोड ४ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

Logo