काठमाडौँ

नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ । पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम सुरु भएपछि निगमको घाटा चुलिँदै गएको हो । "/>

आयल निगम मासिक ६४ करोड घाटामा

आयल निगम मासिक ६४ करोड घाटामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ । पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम सुरु भएपछि निगमको घाटा चुलिँदै गएको हो । यसका साथै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा निगमलाई थप असर परेको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निकै बढेको छ । करिब तीन साता अघि प्रतिब्यारेल कच्चा इन्धनको मूल्य ७३/७४ डलर थियो । विश्व परिवेशमै भएको इन्धन राजनीतिका कारण हाल मूल्यवृद्धि भएर प्रतिब्यारेल ७७ डलर पुगेको छ । प्रतिब्यारेलमै पछिल्लो समयमा तीन डलरले मूल्यवृद्धि भएको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार प्रतिब्यारेलमा तीन डलरले मूल्यवृद्धि हुँदा निगम ठूलो घाटा व्यहोर्न बाध्य छ ।

प्रतिब्यारेलमा एक डलर मूल्यवृद्धि हुँदा मासिक १७ करोड घाटा हुन्छ । अहिले प्रतिब्यारेलमा बढेको तीन डलरका कारण मासिक करिब ५० करोड रुपैयाँ घाटा निगमले व्यहोर्नु पर्ने भएको छ ।

अत्यधिक इन्धन उत्पादन गर्ने इरानको कारोबारलाई अहिले अमेरिकाले प्रतिबन्ध गरेको छ । साथै अमेरिकाले अन्य मुलुकलाई पनि इरानसँग आर्थिक कारोबार नगर्न दबाब दिएको छ । यसले गर्दा इरानको इन्धन विश्व बजारमा आउन पाएको छैन । यस्तै भेनेजुयला र लिवियाले उत्पादन गर्ने इन्धन पनि पर्याप्त परिमाणमा बजारमा आउन नसक्दा इन्धनको अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको हो ।
अन्नपूर्णबाट

Logo