काठमाडौँ

खाना पकाउने (एलपी) ग्याँस, प्राकृतिक ग्याँस र पेट्रोल पाइपलाइन विस्तार परियोजनामा भारतले नेपाललाई सघाउने भएको छ । "/>

ग्यास र पेट्रोल पाइपलाइन निर्माणमा भारतले सघाउने

ग्यास र पेट्रोल पाइपलाइन निर्माणमा भारतले सघाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

खाना पकाउने (एलपी) ग्याँस, प्राकृतिक ग्याँस र पेट्रोल पाइपलाइन विस्तार परियोजनामा भारतले नेपाललाई सघाउने भएको छ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवबीच बुधबार भारतमा सम्पन्न उच्चस्तरीय बैठकमा भारतले यस्तो प्रतिबद्धता जनाएको हो ।

बैठकमा सहभागी निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार निर्माणाधीन मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइनलाई चितवन सम्म विस्तार गर्न, खाना पकाउने ग्यास (एलपिजी) र प्राकृतिक ग्यासको पाइपलाइन नेपालसम्म निर्माण गर्न सघाउने प्रतिबद्धता भारतले जनाएको हो । हवाई इन्धन भर्ने १५ वटा रिफ्युलर इन्डियन आयल कर्पोरेसन (आइओसी) ले खरिद गरेकै मूल्यमा दिने र जनकपुरमा पेट्रोलियम ट्रेनिङ सेन्टर अनुदानमा निर्माण गरिदिने पनि सहमति भएको छ ।

भारतका पेट्रोलियम मन्त्री प्रधानले इन्धन आपूर्ति र ढुवानीको पूर्वाधार निर्माणमा सघाउने प्रतिबद्धता जनाएको आपूर्ति मन्त्रालयका सह–सचिव नवराज ढकालले बताए । ‘भारत आयल निगमको क्षमता वृद्धि र प्राविधिक सहायता उपलब्ध गराउन सहमत भएको छ,’ ढकालले भने, ‘पेट्रोलियम पदार्थ सहज आपूर्तिमा सहयोग पुग्नेछ ।’
नागरिकबाट

Logo