आँखुखोला हाइड्रोको आईपिओ भर्ने म्याद आज सकिँदै

आँखुखोला हाइड्रोको आईपिओ भर्ने म्याद आज सकिँदै

केन्द्रबिन्दु
0
Shares

आँखुखोला हाइड्रो पावरले स्थानीयको लागि निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद आज सकिँदै छ । कम्पनीले  स्थानीय बासिन्दाका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गरेको हो ।

कम्पनीले साउन १७ गतेदेखि आयोजना प्रभावित धादिङका स्थानीयहरूलाई साधारण सेयर (आइपीओ)  बिक्रि खुला गरेको थियो।  लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ४ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन।इच्छुक स्थानीयबासिले धादिङमा रहेका मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन। साथै आँखुखोला हाइड्रो पावर कम्पनीको आयोजना स्थलको कार्यालय त्रिपुरासुन्दरी गाँउपालिका ४ रिङनेबजारमा पनि आवेदन दिन सकिने बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

Logo