रसुवा

निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने काम सोमबारबाट सम्पन्न भएको छ । "/>

रसुवागढी जलविद्युत आयोजनाको चार हजार २ सय मिटर लामो सुरुङ ब्रेक थ्रु

रसुवागढी जलविद्युत आयोजनाको चार हजार २ सय मिटर लामो सुरुङ ब्रेक थ्रु

केन्द्रबिन्दु
0
Shares

रसुवा

निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने काम सोमबारबाट सम्पन्न भएको छ ।

राष्ट्रिय प्राथमिकता अन्तर्गत रहेको उक्त आयोजनाको मुहान देखि विद्युत गृहसम्म पानी ल्याउने चार हजार १८५ मिटर लामो हेडरेस सुरुङ सोमबार बिहान ‘ब्रेक थ्रु’ गरिएको उक्त आयोजनाका प्रमुख छवि गैह्रेले बताए ।

आयोजनाको सबैभन्दा गाह्रो काम सुरुङ थियो, अब मुख्य भूमिगत सुरुङको निर्माणले निर्धारित समय सन् २०२० को फेबुअरी भित्र १११ मेघावाट विद्युत उत्पादन भइसक्छ, उनले भने । १३ अर्ब ६४ करोड रुपैयाँको लागतमा सम्पन्न हुने गरि सन् २०१४ बाट निर्माण यस आयोजना सुरु भएको आयोजना प्रमुख गैह्रेले जानकारी दिए ।

हाल आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न ३३ प्राविधिक सहित ७०० भन्दा बढी कामदार कार्यरत रहेका छन् ।
रासस

 

Logo