काठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आज राति १२ बजे देखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोलमा १ तथा डिजेल र मट्टीतेलमा समान २ / २ रुपैयाँ मूल्यवृद्धि गरेको हो। "/>

आयल निगमले वढायो पेट्रोलियम पदार्थको मूल्य

आयल निगमले वढायो पेट्रोलियम पदार्थको मूल्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आज राति १२ बजे देखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोलमा १ तथा डिजेल र मट्टीतेलमा समान २ / २ रुपैयाँ मूल्यवृद्धि गरेको हो।

अब प्रतिलिटर पेट्रोल १११ तथा डिजेल र मट्टीतेल ९५ रुपैयाँ तिर्नु पर्नेछ । यसैगरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ ५० पैसा र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिब्यारेल ५० डलर वृद्धि गरेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने यतावत राखेको छ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले इन्डियन आयल कर्पोरेसनले मूल्यवृद्धि गरेकाले नेपालमा पनि मूल्य समायोजन गरिएको बताए । भर्खरै सार्वजनिक गरिएको विवरण अनुसार आयल निगम अहिले मासिक करोडौं रुपैयाँ घाटामा रहेको छ ।

Logo