काठमाडौँ

नेपालमा गत आर्थिक वर्ष सात खर्ब ३० अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यो परिमाण अघिल्लो आवभन्दा ३५ अर्ब बढी हो । "/>

गत आर्थिक वर्षमा सात खर्ब ३० अर्ब रेमिटेन्स भित्रियो

गत आर्थिक वर्षमा सात खर्ब ३० अर्ब रेमिटेन्स भित्रियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपालमा गत आर्थिक वर्ष सात खर्ब ३० अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यो परिमाण अघिल्लो आवभन्दा ३५ अर्ब बढी हो । पछिल्ला वर्ष रेमिटेन्स वृद्धिदर घट्दै गए पनि आव २०७४/०७५ मा अघिल्लो आवको तुलनामा केही सुधार आएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आव २०७३/०७४ मा ४.५१ प्रतिशतले बढेको रेमिटेन्स गत आवमा सुधार भएर ५.०३ प्रतिशत बढेको जानकारी दिए ।

आवमा २०७२/७३ मा ७.७७ प्रतिशत रेमिटेन्स बढेको थियो। खासगरी भूकम्प यता बाहिर रोजगारीमा जाने कामदारको संख्या घट्दा रेमिटेन्स वृद्धिदर घटेको हो । देशमा लामो समय पश्चात स्थायी सरकार बनेको र देश भित्रै रोजगारीका अवसरहरू खोजिदै छन् । यसले पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटाएको छ । नेपालका आधाभन्दा बढी घरधुरीको प्रमुख आय स्रोत रेमिटेन्स हो। पछिल्ला पाँच वर्ष हरेक रेमिटेन्स आप्रवाह निरन्तर बढे पनि वृद्धिदर घटेको छ । रेमिटेन्सले नेपालीको जीवनस्तरमा सुधार आउनुका साथै गरिबी न्यूनीकरणमा टेवा पुगेकोे छ ।

विशेषगरी नेपालबाट मेलेसिया, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, कुबेत, दक्षिण कोरिया, बहराइन, ओमान लगायत मुलकमा कामदार जाने गरेका छन् । मेलेसिया, कतार, संयुक्त अरब इमिरेट्स नेपालीका प्रमुख गन्तव्य हुन् । गत आवमा सबैभन्दा धेरै कामदार मलेसिया गएका छन् । राष्ट्र बैंकको जेठ मसान्तसम्मको तथ्यांक अनुसार गत आवमा मेलेसियामा एक लाख चार हजार भन्दा बढी कामदार गएका छन् । कतारमा ९७ हजार पाँच सयभन्दा बढी, संयुक्त अरब इमिरेट्समा ५५ हजार ६ सय कामदार गएका छन् ।

राष्ट्र बैंकले रेमिटेन्सको उपयोगबारे गरेको अध्ययनले वैदेशिक रोजगारीमा गएर कमाएको रकम मध्ये एक चौथाई ऋण तिर्न खर्च भएको देखाएको छ । अध्ययनका क्रममा सहभागी उत्तरदाताले ऋण तिर्न २५ प्रतिशत रकम खर्च हुने गरेकोे बताएको राष्ट्र बैंकले जानकारी दिएको छ । खाडीमुलुकमा मात्र नभइ अन्य विकसित मुलुकमा गएका दक्ष जनशक्तिले कमाएको रकम पनि एक चौथाइ ऋण तिर्न उपयोग भइरहेको अध्ययनले देखाएको छ ।
अन्नपूर्णबाट

Logo