तामाकोशी हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम दिन

तामाकोशी हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आइपिओमा आबेदन दिने आज अन्तिम दिन हो । यस अघि साउन २५ गतेसम्म मात्र आवेदन दिन सकिने व्यबस्था भएकोमा कम्पनीले काठमाडौँबाट आवेदन दिनका लागि ७ दिनको समय थपेको थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय दोलखावासीलाई असार १६ गते बुधबारदेखि आईपिओ निष्काशन गरेको हो ।  कम्पनीले प्रति साधारण शेयर १०० अंकित दरका कुल २ करोड ६४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न लागेकोमा स्थानीयको १ करोड ५ लाख ९० हजार कित्ता शेयर छुट्याइएको हो । नेपालको पुंजीबजारमा आएको  यो नै (शेयर संख्या र रकमको हिसाबले) सबै भन्दा ठूलो आईपिओ हो  । 

स्थानीयहरुले न्युनतम ३० कित्ता र अधिकतम ३ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  आईपिओको लागि नागरिक लगानी कोष र सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेका छन् । 

स्थानीयको लागि शेयर निष्काशन गरेर बाँडफांड गरे लगत्तै सूचना निकालेर सर्बसाधारणलाई शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ । सर्वसाधारणको लागि १०० अंकित दरका १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर छुट्याइएको छ । सर्वसाधारणले न्युनतम ५० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

Logo