काठमाडौं

आज अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि अमेरिकी डलर हाल सम्मकै महँगो भएको छ । "/>

अमेरिकी डलर अहिले सम्मकै महँगो : प्रतिडलर ११२ रुपैयाँ नाघ्यो !

अमेरिकी डलर अहिले सम्मकै महँगो : प्रतिडलर ११२ रुपैयाँ नाघ्यो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आज अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि अमेरिकी डलर हाल सम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलर बराबर ११२ रुपैयाँ २० पैसा बिक्रीदर तोकेको छ । यो दर अहिले सम्मकै उच्च हो ।

अमेरिकी डलर एकै दिनमा एक रुपैयाँ ७७ पैसाले मजबुत बनेको छ । सोमबार एक अमेरिकी डलर बराबर एक १० रुपैयाँ ४३ पैसा विनिमय दर तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढेपछि यसको असर नेपाली बजारमा पनि देखिएको छ । पछिल्लो समय अमेरिकी अर्थतन्त्र र डलर दुवै मजबुद बन्दै गएका कारण डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए ।

 

Logo