काठमाडौं

दुई साता यता हरियो तरकारीको मूल्य झन्डै दोब्बरले वृद्धि भएको छ । वर्षातको समयमा कम उत्पादन भई लागत महँगो परेकाले मूल्यवृद्धि भएको हो । "/>

दुई सातामै तरकारीको मूल्य दोब्बरले महँगियो !

दुई सातामै तरकारीको मूल्य दोब्बरले महँगियो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

दुई साता यता हरियो तरकारीको मूल्य झन्डै दोब्बरले वृद्धि भएको छ । वर्षातको समयमा कम उत्पादन भई लागत महँगो परेकाले मूल्यवृद्धि भएको हो । खरिद मूल्य बढेर आएकाले अधिकांश तरकारीको मूल्य बढ्न गएको खुद्रा व्यापारीको भनाइ छ ।

किसानबाट खरिद गर्दा तरकारीको मूल्य सामान्य बढे पनि स्थानीय खुद्रा व्यवसायीले अधिकांश तरकारीमा मनपरी मूल्य बढाएका छन् । वर्षातको समयमा तरकारीको उत्पादन कम हुँदा सामान्य रूपमा मूल्य बढेको कालीमाटी बजार विकास समितिले जनाएको छ । समितिका उपनिर्देशक विनय श्रेष्ठले बजारमा तरकारीको मूल्य सामान्य वृद्धि भएको बताए । “केही समय यता किसान तह देखि नै मूल्य बढेर आएको छ,” उनले भने, “प्रत्येक वर्ष यो समयमा तरकारीको मूल्यमा सामान्य वृद्धि हुने गरेको देखिन्छ ।” दुई साता यता बजारमा गोलभेंडा, सिमी, काउली, बन्दा, मटरकोसा, बोडी, तितेकरेला, भिन्डी, हरियो फर्सी लगायतका सबै तरकारीको मूल्य बढेको छ ।

वर्षातका कारणले समयमा बजारसम्म आइनपुग्दा तरकारी बिग्रने, किसानले समयमा बजारमा पठाउन नसक्ने लगायतका कारणले पनि मूल्य बढेको व्यवसायीहरु बताउँछन् । उपत्यकाको मुख्य तरकारी बजार कालीमाटीमा सामान्य मूल्य बढेर आए पनि खुद्रा व्यापारीले मनपरी मूल्य निर्धारण गरी उपभोक्ता ठगिरहेका छन् । खुद्रा व्यापारीले पसलैपिच्छे फरक–फरक मूल्य लिई उपभोक्ता ठगेका हुन् । कालीमाटी बजारमा तरकारीको होलसेल मूल्य त्यति धेरै वृद्धि नभए पनि बजारका अन्य खुद्रा पसलमा व्यापारीले दोब्बर मूल्यवृद्धि गरेका छन् ।

राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना बजारमा तरकारीको मूल्य दोब्बर वृद्धि हुँदा त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने बताउँछन् । “उत्पादनको सिजनमा नै तरकारीको मूल्य अकासिएको छ,” उनले भने, “मूल्यवृद्धि नियन्त्रण गर्न सरकारी निकायबाट अनुगमन नहुँदा व्यवसायीले मनपरी मूल्य लिएर उपभोक्ता ठगिरहेका छन् ।” तरकारीमा मूल्यवृद्धि भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायबाट अनुगमन हुन सकेको छैन ।
कारोबारबाट

Logo