सिटिजन्स बैंकको एफपिओ बाँडफाँड, ४६ हजारले पाए शेयर

सिटिजन्स बैंकको एफपिओ बाँडफाँड, ४६ हजारले पाए शेयर

केन्द्रबिन्दु
0
Shares

सिटिजन्स बैंकको एफपिओ आज शुक्रबार बाँडफांड भएको छ ।  बिक्रि प्रबन्धका ग्लोबल आईएमई क्यापिटलका अनुसार गोलाप्रथाबाट ४६ हजार ३ सय ८२ जनाले शेयर पाएका छन्  । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकि सबैले समान १० कित्ताको दरले शेयर पाएका छन्  ।

बैंकले असार १५ गतेदेखि ९ करोड २७ लाख रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्काशन गरेको हो । बैंकले सय रुपैयाँ अंकित मूल्यमा १ सय प्रिमियम थप गरी प्रति कित्ता २ सय रुपैयाँमा एफपिओ निष्काशन गरेको हो ।   

एफपिओमा ६२ हजार ७ सय ९ जना योग्य आवेदकबाट ६१ लाख ५ हजार ६ सय ३० कित्ताको शेयर माग भएको थियो । १६ हजार ३२७ जनाकाे हात खाली भएकाे छ ।

Logo