बारा

वीरगन्ज– पथलैया औद्योगिक करिडोर अन्तर्गत जितपुरमा सञ्चालनमा रहेको शिवशक्ति घ्यू उद्योगले उत्पादन गरेका फेमली ब्राण्डको खाने तेलमा अखाद्य बस्तु मिसाइएको पाइएको छ । "/>

अखाद्य बस्तु मिसाइएको पाइएपछि प्रशासनद्धारा फेमिली खानेतेल बिक्री बितरणमा रोक

अखाद्य बस्तु मिसाइएको पाइएपछि प्रशासनद्धारा फेमिली खानेतेल बिक्री बितरणमा रोक

केन्द्रबिन्दु
0
Shares

बारा

वीरगन्ज– पथलैया औद्योगिक करिडोर अन्तर्गत जितपुरमा सञ्चालनमा रहेको शिवशक्ति घ्यू उद्योगले उत्पादन गरेका फेमली ब्राण्डको खाने तेलमा अखाद्य बस्तु मिसाइएको पाइएको छ ।

फेमिली ब्राण्डको खाने तेलमा अखाद्य बस्तु मिसाइएको भन्दै बारा प्रशासनले अनुगमन गरी त्यस तेललाई बिक्री बितरणमा रोक लगाएको छ । बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले बजारमा उपभोक्ताहरुले खानलाई खरिद गरेका फेमिली ब्राण्डको तेल गन्हाएको गुनासो आए पछि तेल बिक्री गर्ने खुद्रा पसल देखि थोक पसलहरु हुँदै उद्योगको पनि अनुगमन गरिएको बताए ।

तीनै तहमा अनुगमन गर्दा शिवशक्ति घ्यू उद्योगबाट उत्पादन भएको फेमिली ब्राण्डको खाने तेलको गन्ध तेल भन्दा फरक कुहिएको बस्तुहरुको गन्ध जस्तो आएकोले त्यस्ता तेलको बिक्री बितरण गर्नमा रोक लगाइएको उनले बताए ।

खाने तेल भनिए पनि खाने तेल भन्दा फरक गन्ध आएकोले तत्कालै फेमिली तेलको थोक बिक्रेता रहेको जितपुरको हनुमान सप्लार्यसबाट ४८ कार्टुन नियन्त्रणमा लिएको र उद्योगमा पनि त्यसै खालको तेल भेटिए पछि त्यसको बिक्री बितरण नगर्नको लागि तेल राखिएको स्टोरमा शिलबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
नागरिकबाट

Logo