काठमाडौं

नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिना सम्म जेल हाल्न र ५ हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्छ । "/>

भदौ १ गते देखि नोटमा केरमेट गरे ३ महिना सम्म जेल

भदौ १ गते देखि नोटमा केरमेट गरे ३ महिना सम्म जेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिना सम्म जेल हाल्न र ५ हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्छ ।

फौजदारी कसुर सम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो व्यवस्था गरिएको हो । उक्त ऐनको दफा २६३ मा भनिएको छ, ‘बैंक नोटमा लेख्न वा कोर्न हुँदैन । त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिना सम्म कैद र पाँच हजार रुपैयाँ सम्म जरिवाना हुनेछ ।’ यो ऐन आउँदो भदौ १ देखि लागू हुँदैछ ।

नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो पटक हो । यसअघि जाली नोट कसुरमा मात्र जेल चलान हुने व्यवस्था थियो । राष्ट्र बैंकले नयाँ व्यवस्था अनुसार नोट केरमेट नगर्न, नगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
कान्तिपुरबाट

Logo