काठमाडौं

उपभोग्य वस्तुमा नेपालीको परनिर्भरता बढेको छ । स्वदेशी उत्पादन न्यून हुँदा अधिकांश वस्तु उपभोगका लागि विदेशीसँग निर्भर हुनुपरेको हो । "/>

एक वर्षमा २३ खर्बका वस्तु उपभोग, साँढे १२ खर्बको विदेशी !

एक वर्षमा २३ खर्बका वस्तु उपभोग, साँढे १२ खर्बको विदेशी !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

उपभोग्य वस्तुमा नेपालीको परनिर्भरता बढेको छ । स्वदेशी उत्पादन न्यून हुँदा अधिकांश वस्तु उपभोगका लागि विदेशीसँग निर्भर हुनुपरेको हो । तथ्यांक अनुसार स्वदेशी भन्दा विदेशी आयातीत वस्तुको उपभोग नेपालीले ६ प्रतिशत बढी गर्ने गरेका छन् ।

हाल नेपालीले वार्षिक २३ खर्ब ४१ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु उपभोग गर्ने गरेका छन् । यस मध्ये गत आर्थिक वर्ष ०७४,०७५ मा नेपालमा १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका छन् । यसलाई आधार मान्दा नेपालीले ५३ प्रतिशत विदेशी वस्तु उपभोग गर्ने गरेको देखिन्छ ।

कुल वस्तु उपभोगमा स्वदेशी उत्पादनको हिस्सा ४७ प्रतिशत मात्रै छ । अर्थात नेपालीले १० खर्ब ९८ अर्ब २३ करोड २१ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तु खपत गर्ने गरेको तथ्यांकले देखाउँछ ।

नेपालले औद्योगिक कच्चा पदार्थ, इन्धन, मेसिनरी तथा पार्टस्, सवारीसाधन, विद्युतीय सामग्री देखि खाद्यवस्तु, फलफूल तथा तरकारी, लत्ताकपडा, औषधि, मदिरा, चुरोट–सुर्ती, सुनचाँदी लगायत सबै प्रकारका वस्तु आयात गर्ने गरेको छ । सरकारले कृषि तथा औद्योगिक उत्पादन बढाउँदै आत्मनिर्भर बन्दै जाने नीति लिए पनि परनिर्भरता झन्–झन् बढ्दै गएको देखिन्छ । खासगरी रेमिट्यान्समा आधारित उपभोग वृद्धिसँगै आयात समेत उच्चदरमा बढ्दै गएको हो ।

यसै विच नेपालीले खपत गर्ने (औद्योगिक समेत) वस्तु विश्वका एक सय ४४ मुलुकबाट आयात हुने गरेको छ । नेपालले सातै वटा महादेशका मुलुकबाट आफूले उपभोग गर्ने वस्तु ल्याउने गरेको छ । नेपालमा सबैभन्दा बढी आयात भारतबाट भएको छ । भन्सार विभागका अनुसार गत आवमा भारतबाट आठ खर्ब १० अर्ब ९० करोडका वस्तु आयात भएका छन् ।
नयाँ पत्रिकाबाट

Logo