काठमाडौं

नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ घाटा छ । "/>

आयल निगमलाई ग्याँसमा प्रतिसिलिण्डर २ सय ८० रुपैयाँ घाटा

आयल निगमलाई ग्याँसमा प्रतिसिलिण्डर २ सय ८० रुपैयाँ घाटा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ घाटा छ । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य लगातार बढ्दै गए पनि निगमले लामो समय देखि मूल्य समायोजन नगर्दा घाटा बढेर प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ पुगेको हो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले १ अगस्टमा पठाएको मूल्य अनुसार ग्यासमा प्रतिसिलिन्डर ४६ रुपैयाँ बढेर आएको छ । निगमलाई सबैभन्दा धेरै ग्यासमा घाटा छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ घाटा पुगेको बताए । मूल्य बढेर आएकाले पछिल्लो १५ दिनमा निगमलाई १५ करोड ५ लाख रुपैयाँ घाटा भएको छ ।

निगमले आईओसीले पठाएको मूल्य अनुसार स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ । निगमले इन्धनको मूल्य समायोजन गर्दै आए पनि ग्यासमा भने मूल्य समायोजन नहुँदा घाटा बढेको हो । हाल बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य १ हजार ३ सय ७५ रुपैयाँ छ ।

निगमलाई डिजेलमा प्रतिलिटर १ रुपैयाँ १४ पैसा घाटा छ । यस्तै पेट्रोलमा प्रतिलिटर ८७ पैसा नाफा छ । हवाई इन्धन र मट्टितेलमा पनि नाफा रहेको निगमले जनाएको छ ।

 

Logo