काठमाडौं । टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले आफ्ना ग्राहकका लागि एकै साथ थुप्रै अफर ल्याएको छ । सिप्रदीले “आफ्नो गाडी आफै सवारी” नाराका साथ टाटा सुमो गोल्ड किन्दा निःशुल्क ड्राईभिंग तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्सस र १ वर्षको इन्स्योरेन्ससम्मको अफर ल्याएको हो । "/>

सुमो गोल्डले ल्यायो नि: शुल्क ड्राइभिङ तालिमदेखि १ वर्ष बिमाको अफर

सुमो गोल्डले ल्यायो नि: शुल्क ड्राइभिङ तालिमदेखि १ वर्ष बिमाको अफर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले आफ्ना ग्राहकका लागि एकै साथ थुप्रै अफर ल्याएको छ । सिप्रदीले “आफ्नो गाडी आफै सवारी” नाराका साथ टाटा सुमो गोल्ड किन्दा निःशुल्क ड्राईभिंग तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्सस र १ वर्षको इन्स्योरेन्ससम्मको अफर ल्याएको हो ।

रोजगारीको अवसर खोजीरहेका युवा प्रति लक्षित गर्दै सिप्रदीले यस्तो अभियान सुरु गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले जानकारी दिए । उनले ग्राहकलाई यस अभियान अन्तर्गत ३० प्रतिशतसम्म डाउन पेमेन्टमा गाडी उपलब्ध गराइन लागेको बताए । यसका साथै सिप्रदीले टाटाको सुमो गोल्ड १४ प्रतिशत ब्याजमा ऋण स्वरुप पनि उपलब्ध गराउने श्रेष्ठले बताए ।

“समाजका लागि यस्तो रोजगारीमुलक अभियानको सुरुवात गरेकोमा हामी आफुमा गर्व महसुस गर्दैछौ र नेपाली युवालाई टाटा सुमो अपनाएर आफ्नो रोजगारी आफै सृजना गर्न आह्वान गर्छौ” श्रेष्ठले भने ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि सन् १९८२ देखि नेपालमा टाटा मोटर्सको आधिकारिक विक्रेता रहँदै आएको छ । देश भरी टाटा मोटर्सका कमर्शियल गाडीका १९ विक्री कार्यालयहरु छन् भने २६ सेवा केन्द्रहरु रहेका छन् ।

Logo