काठमाडौं

एसियाली विकास बैंक (एडीबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी आयोजनामा भइरहेको ढिलाइमा हस्तक्षेप गर्न सरकारसँग आग्रह गरेको छ । "/>

आफ्नो लगानी रहेका आयोजनाको प्रगति प्रति एडीबी असन्तुष्ट

आफ्नो लगानी रहेका आयोजनाको प्रगति प्रति एडीबी असन्तुष्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

एसियाली विकास बैंक (एडीबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी आयोजनामा भइरहेको ढिलाइमा हस्तक्षेप गर्न सरकारसँग आग्रह गरेको छ ।

एडीबीले ती आयोजनाको प्रगति निकै सुस्त भएको भन्दै हस्तक्षेप गर्न सरकारसँग आग्रह गरेको हो । एडीबीको सहयोगमा सञ्चालित विकास आयोजनाहरूको बिहीबार काठमाडौंमा भएको समीक्षा बैठकमा एडीबीका उपमहानिर्देशक दिवेश शरणले उल्लेखित आयोजनामा सरकारले नजिकबाट अनुगमन गरी निर्णायक कदम चाल्नु पर्ने बताए ।

एडीबीले नेपालमा विभिन्न ३३ वटा आयोजनामा २ खर्ब ३३ अर्ब ९० करोड रुपैयाँ लगानी गरेको छ । एडीबीको सबैभन्दा धेरै ३२ प्रतिशत लगानी सहरी विकास र खानेपानीमा तथा २३ प्रतिशत लगानी ऊर्जा क्षेत्रमा छ । एडीबीले लगानी गरेका मध्ये त्रिभुवन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी मुख्य आयोजना हुन् । एडीबीका उपमहानिर्देशक शरणले अहिलेकै गतिमा काम भए उल्लेखित कुनै आयोजना पनि निर्धारित समयमा पूरा नहुने भएकाले सरकारले सार्वजनिक खरिद ऐन र नियमावलीमा पनि थप सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।

यस वर्ष एडीबीका आयोजनाको प्रगति निकै सुस्त छ । ६ महिनामा २३ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ । अर्थ सचिव डा. राजन खनालले समस्या पहिचान गरी कामलाई तिब्रता दिन आयोजना प्रमुख र सम्बन्धित मन्त्रालयसँग आग्रह गरे । प्रगति सुस्त भएपछि अर्थ मन्त्रालयले आयोजनासँग सम्बन्धित मन्त्रालयसँग नियमित रूपमा छलफल सुरु गरेको छ ।
कारोबारबाट

Logo