वीरगन्ज

वीरगन्ज महानगरपालिकाले करको दर बढाएपछि यहाँका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । "/>

कर विरुद्ध वीरगन्जका व्यवसायीहरु आन्दोलित

कर विरुद्ध वीरगन्जका व्यवसायीहरु आन्दोलित

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

वीरगन्ज महानगरपालिकाले करको दर बढाएपछि यहाँका उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।

नगरपरिषद्को पछिल्लो निर्णय अनुसार करको दर बढाएको विरोधमा आइतबार व्यापार व्यवसाय सम्बद्ध तीन दर्जन भन्दा बढी संघसंस्थाले विरोध प्रदर्शन गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायी तथा नागरिक अगुवाले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका हुन् । घन्टाघर चोकबाट निकालिएको विरोध र्याली नगरका विभिन्न भाग परिक्रमा गरी पशुपति आदर्श चोकस्थित महानगरपालिकाको कार्यालयमा पुगेको थियो ।

प्रदेश–२ को एकमात्र महानगरपालिका वीरगन्ज मुलुककै प्रमुख व्यापारिक नगरी हो । महानगरले विभिन्न दस्तुर तथा करको दर आठ गुणा सम्म बढाएको छ । कतिपय नयाँ कर लागू गरेको छ । यसको निजी क्षेत्रबाट चौतर्फी विरोध हुनुका साथै बढाइएको करको नयाँ दर फिर्ताको माग गरिएको छ । व्यवसायीले कबाडी, औद्योगिक उत्पादन, पेट्रोलियम पदार्थ लगायतमा लगाइएको कर फिर्ता तथा जग्गाको मूल्यांकन कम गर्न माग गरेका छन् ।

उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले महानगरपालिकाका नगरप्रमुख विजय सरावगीलाई ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष ०७५/७६ का लागि लागू गरिएको करको नयाँ दर फिर्ता गर्न आग्रह गरे । करको दर बढाउने महानगरको निर्णय जनताको हितविपरीत रहेको उनले बताए । नगरप्रमुख सरावगीले कर सम्बन्धमा छलफल गर्न महानगरपालिका तयार रहेको बताए । उनले सरोकारवालासँग छलफल गरी चाँडै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
नागरिकबाट

Logo