काठमाडौं

नेपालले मलेसियातर्फ कामदार पठाउन रोक्दा त्यहाँको उद्योग व्यवसायमा कामदार अभाव हुन सक्ने जनाउँदै मलेसिया सरकारले चिन्ता जनाएको छ । "/>

नेपाली कामदार मलेसिया जान रोकिँदा नेपाल भन्दा मलेसिया नै चिन्तामा

नेपाली कामदार मलेसिया जान रोकिँदा नेपाल भन्दा मलेसिया नै चिन्तामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालले मलेसियातर्फ कामदार पठाउन रोक्दा त्यहाँको उद्योग व्यवसायमा कामदार अभाव हुन सक्ने जनाउँदै मलेसिया सरकारले चिन्ता जनाएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले नेपाली युवालाई सहजरूपमा मलेसिया आउने वातावरण बनाउन गृहकार्य सुरु गरेका छन् ।

मलेसियाली सञ्चारमाध्यमहरूले जनाए अनुसार नेपाली कामदारलाई मलेसिया जान रोक लगाइएको सम्बन्धमा नेपाल भन्दा मलेसिया सरकार धेरै चिन्तित देखिएको छ । नेपाली कामदारलाई विभिन्न सेवा शुल्कको नाममा ठगी गरेको जनाउँदै नेपाल सरकारले तत्कालका लागि नेपाली युवालाई मलेसिया पठाउन रोक लगाएको थियो । नेपाल सरकारले सबै प्रक्रिया मिलाएर युवालाई मलेसिया पठाउने सम्बन्धमा काम गरिरहेका बेला मलेसिया सरकारले नै छिटो कामदार पठाउन नेपालसँग अनुरोध गरेको छ ।

नेपाली युवालाई तत्कालका लागि मलेसिया जान रोक लगाएसँगै मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरनले सोमबार सम्म नेपालका उच्च अधिकारीसँग छलफल गर्ने भएका छन् ।
कारोबारबाट

Logo