काठमाडौं

सरकारले आर्थिक वर्षको अन्तिममा आएर पुँजीगत बजेट असारे बाढीमा बगाउने प्रवृत्ति रोक्न जेठ मसान्तपछि विकास निर्माणका कुनै पनि काम गर्न नपाउने निर्णय गरेको छ । "/>

अब जेठ मसान्तपछि विकास निर्माणका कुनै पनि काम गर्न नपाइने

अब जेठ मसान्तपछि विकास निर्माणका कुनै पनि काम गर्न नपाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले आर्थिक वर्षको अन्तिममा आएर पुँजीगत बजेट असारे बाढीमा बगाउने प्रवृत्ति रोक्न जेठ मसान्तपछि विकास निर्माणका कुनै पनि काम गर्न नपाउने निर्णय गरेको छ । कुल बजेटको एकतिहाई बजेट असारमा मात्रै खर्च हुने प्रवृत्ति नरोकिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार महिनामा विकास निर्माणका काम गर्न नपाइने निर्णय गरेको हो ।

सरकारी कर्मचारीहरूमा असारे विकासका नाममा बजेट बाँडीचुँडी खाने प्रवृत्ति मौलाएका कारण मन्त्रालयले जेठ मसान्तपछिको एक महिना विकास निर्माणका काममा रोक लगाउने निर्णय गरिएको जनाएको छ । मन्त्रालयका अनुसार यसबारे मातहतका सबै कार्यालयलाई परिपत्र गरिसकिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले अब आइन्दा असार महिना लागेपछि विकास निर्माणका काम नगर्न र सम्पन्न कामको गुणस्तर जाँच गर्न निर्देशन दिइएको जानकारी दिए । उनले भने “असार महिना लागेपछि खर्च मात्रै गर्ने जुन प्रवृत्ति छ, त्यसको अब अन्त्य हुनेछ, यसबारेमा मन्त्रालयले निर्णय गरेर सबै कार्यालयलाई परिपत्र गरिसकेको छ ।”

सरकारी निकायको आयव्यय सम्बन्धी तथ्यांक राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार सम्म पुँजीगत बजेट पनि ७९.७४ प्रतिशत खर्च भएको छ । कार्यालयका अनुसार अन्तिम दुई दिनमा मात्रै ३९ अर्ब ७२ करोड खर्च गरी पुँजीगत बजेटको खर्च भएको हिस्सा ७९.७४ प्रतिशत पुगेको हो । सरकारले अर्धवार्षिक समीक्षा मार्फत पुँजीगत बजेट ७१.२ प्रतिशत अर्थात २ खर्ब ३८ अर्ब ६४ करोड ५२ लाख रुपैयाँ मात्र खर्च हुने अनुमान गरेको थियो ।
कारोबारबाट

Logo