पञ्चकन्या माई हाइड्रोपावरले निष्कासन गरेको आइपिओको म्याद आज सकिदैछ । कम्पनीले गत साउन १ देखि प्रति कित्ता एक सय रुपैयाँका दरले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्रि खुला गरेको थियो । "/>

पञ्चकन्या माईको आइपीओ भर्न छुट्ला नि !

पञ्चकन्या माईको आइपीओ भर्न छुट्ला नि !

केन्द्रबिन्दु
0
Shares

पञ्चकन्या माई हाइड्रोपावरले निष्कासन गरेको आइपिओको म्याद आज सकिदैछ । कम्पनीले गत साउन १ देखि प्रति कित्ता एक सय रुपैयाँका दरले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्रि खुला गरेको थियो । 

११ लाख कित्ता मध्ये ४ प्रतिशत अर्थात् ४४ हजार कित्ता कर्मचारीहरुलाई तथा ५ प्रतिशत अर्थात् ५५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि १० लाख १ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ५५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन्  । सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिने छ  ।

अहिलेसम्म कुल ९५ हजार आवेदकबाट ६६ लाख ६३ हजार कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । पहिलो दिन नै  १८ हजार आवेदकबाट १३ लाख कित्ता सेयर माग भएको क्यापिटलले जनाएको छ ।

Logo