काठमाडौं

विश्व बैंकले ७२५ मेगावाट क्षमताको मााथिल्लो अरुण जलविद्युत आयोजनामा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । "/>

७२५ मेगावाटको माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंक इच्छुक

७२५ मेगावाटको माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंक इच्छुक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्व बैंकले ७२५ मेगावाट क्षमताको मााथिल्लो अरुण जलविद्युत आयोजनामा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । नेपाल, भुटान र बङगलादेश हेर्ने विश्व बैंकका आवासीय निर्देशक कुईमिओ फानले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेट गरी माथिल्लो अरुणमा लगानी गर्न बैंक इच्छुक रहेको जानकारी गराएका हुन् ।

तत्कालीन नेकपा एमालेको सरकारको पालामा ०५२ सालमा विश्व बैंक अरुण तेस्रो जलविद्युत आयोजनाबाट पछि हटेको थियो । अहिले उक्त आयोजना भारतीय लगानीमा निर्माण सुरु भएको छ । विश्व बैंकले त्यतिबेला हात झिकेपछि उक्त आयोजना अगाडि बढ्न दुई दशक भन्दा बढी समय लागेको थियो । विश्व बैंकले त्यतिबेला राजनीतिक परिस्थितिको संकेत गरे पनि आफ्नो स्वार्थ अनुसार उक्त आयोजना नदेखेपछि हात झिकेको थियो । अहिले फेरि पूर्वएमालेकै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला अरुण नदीकै अर्को आयोजनामा लगानी गर्न इच्छा व्यक्त गर्नाले अरुण तेस्रो आफ्नो स्वार्थ अनुसार नभएको कारण विश्व बैंकले हात झिकेको प्रस्ट भएको छ ।

ठूला जलविद्युत आयोजना विदेशीलाई दिँदा नेपालमा विदेशी मुद्राको आयात बढ्ने भन्दै ‘लबिङ’ भइरहेको बेला विश्व बैंकले उक्त प्रस्ताव गरेको हो । विश्व बैंकले लगानी गरेमा उक्त आयोजना समयमै निर्माण हुने देखिन्छ । साथै विश्व बैंकले नेपाल र बंगलादेशबीच अन्तर्देशीय प्रसारणलाइन निर्माण भएमा त्यसमा समेत लगानी गर्ने बताएको छ । नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौता (पीटीए) हुने तयारी भइहरेको छ । नेपाल बंगलादेशबीच जमिन नजोडिएको कारण भारतको भूमि प्रयोग गरेर प्रसारणलाइन निर्माण गर्नुपर्ने हुन्छ । स्रोतका अनुसार अहिले भारतले नेपाल र बंगलादेशबीचको पीटीएमा बाधक नबन्ने संकेत गरेपछि यी दुई देशबीच वार्ता अगाडि बढेको छ । बंगलादेशले लामो समय देखि नेपालबाट विद्युत लैजाने प्रयास गरिरहेको छ ।
आर्थिक दैनिकबाट

Logo