काठमाडौं

बजेटमा छुट्याइएको बाहेकका शीर्षकमा रकम खर्च नगर्न संसद्ले दिएको निर्देशन विपरीत सरकारले चार महिनामै २३ अर्ब भन्दा बढी रकमान्तर गरेको छ । "/>

संसद्ले दिएको निर्देशन विपरीत सरकारद्वारा चार महिनामै २३ अर्ब रकमान्तर

संसद्ले दिएको निर्देशन विपरीत सरकारद्वारा चार महिनामै २३ अर्ब रकमान्तर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बजेटमा छुट्याइएको बाहेकका शीर्षकमा रकम खर्च नगर्न संसद्ले दिएको निर्देशन विपरीत सरकारले चार महिनामै २३ अर्ब भन्दा बढी रकमान्तर गरेको छ । आर्थिक अनुशासन कायम गर्न रुपान्तरित संसद्का विभिन्न समितिले रकमान्तर गरी खर्च नगर्न सुझाए पनि यस वर्ष समेत रकमान्तर समस्या घटेको देखिएन । बजेटमा विनियोजन गरिएको भन्दा फरक शीर्षकका आयोजना तथा क्रियाकलापमा सरकारले यसपटक पनि ठूलो रकम खर्च गरेको देखिएको हो । अर्थ मन्त्रालयका अनुसार पछिल्लो चार महिना (फागुन, चैत, वैशाख र जेठ) मा मात्र विभिन्न शीर्षकमा २३ अर्ब रुपैयाँ रकमान्तर भएको छ ।

यो क्रम असारमा झनै बढेको छ । यस्तो रकम खासगरी सवारीसाधन खरिद, नदी नियन्त्रण, विदेश भ्रमण खर्च व्यवस्थापन, ग्रामीण सडक निर्माण, पुनर्निर्माण लगायतका शीर्षकमा खर्च भएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार विकास निर्माणका अलावा सवारीसाधन खरिद गर्न मात्रै पछिल्ला चार महिनामा १९ करोड रुपैयाँ रकमान्तर भएको छ । विभिन्न सरकारी निकायले सवारीसाधन खरिदका नाममा फागुन देखि जेठ सम्म १८ करोड ६ लाख ५९ हजार १८४ रुपैयाँ रकमान्तर गरेको अर्थ मन्त्रालय स्रोतले बतायो ।

अर्थ मन्त्रालयले अन्य शीर्षकमा गएको तर खर्च हुन नसकेको रकमबाट रकमान्तर गर्ने गर्छ । सामान्यतया बजेट मार्फत स्वीकृत कार्यक्रम भन्दा बाहिर गएर नयाँ कार्यक्रम आए या स्वीकृत कार्यक्रममा पनि खर्च प्रगति राम्रो भयो भने अतिरिक्त रकम माग हुने गर्छ । कुनै विशेष अवस्थामा एउटा शीर्षकमा रकम नपुगेको अवस्थामा मात्र बजेट खर्च नभएको अर्को शीर्षकको बजेट तान्ने परम्परा छ । त्यसैलाई आधार मानी जस्तोसुकै कामका लागि रकमान्तर गर्ने प्रवृत्ति कायम छ ।
राजधानीबाट

Logo