काठमाडौं

विद्युत विकास विभाग मार्फत २६ हजार २ सय ६८ मेगावाट बराबरका ५ सय १६ जलविद्युत आयोजनाले अनुमतिपत्र (लाइसेन्स) पाएका छन् । "/>

वर्षभरिको लक्ष्य ८५०, उत्पादन भने १०४ मेगावाट मात्र

वर्षभरिको लक्ष्य ८५०, उत्पादन भने १०४ मेगावाट मात्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विद्युत विकास विभाग मार्फत २६ हजार २ सय ६८ मेगावाट बराबरका ५ सय १६ जलविद्युत आयोजनाले अनुमतिपत्र (लाइसेन्स) पाएका छन् । ५ सय किलोवाटको फर्पिङ जलविद्युत आयोजनाबाट नेपालको जलविद्युत इतिहास सुरु भएर हालसम्म १ हजार ६१ मेगावाट मात्र विद्युत उत्पादन भए पनि लाइसेन्स लिएका जलविद्युत आयोजनाको संख्या र क्षमता यति धेरै रहेको हो ।

१ सय ७ वर्षको जलविद्युत इतिहासमा उत्पादन बल्ल १ हजार मेगावाट मात्र नाघेकोमा हाल यति धेरै आयोजना सर्भेक्षण, उत्पादन लगायतका विभिन्न चरणमा हुनुलाई जलविद्युत क्षेत्रमा सुन्दर भविष्यको रूपमा हेरिएको छ । विद्युत विकास विभाग मार्फत २६ हजार २ सय ६८ मेगावाट बराबरका ५ सय १६ जलविद्युत आयोजनाले अनुमतिपत्र (लाइसेन्स) पाएका छन् । ५ सय किलोवाटको फर्पिङ जलविद्युत आयोजनाबाट नेपालको जलविद्युत इतिहास सुरु भएर हालसम्म १ हजार ६१ मेगावाट मात्र विद्युत उत्पादन भए पनि लाइसेन्स लिएका जलविद्युत आयोजनाको संख्या र क्षमता यति धेरै रहेको हो ।

१ सय ७ वर्षको जलविद्युत इतिहासमा उत्पादन बल्ल १ हजार मेगावाट मात्र नाघेकोमा हाल यति धेरै आयोजना सर्भेक्षण, उत्पादन लगायतका विभिन्न चरणमा हुनुलाई जलविद्युत् क्षेत्रमा सुन्दर भविष्यको रूपमा हेरिएको छ । विद्युत विकास विभागका अनुसार, १८ हजार २ सय ८ मेगावाट बराबरका ३ सय ११ जलविद्युत आयोजनाले विद्युत उत्पादनको सर्भेक्षण अनुमतिपत्र पाएका छन् भने ४ हजार ९ सय ७८ मेगावाट बराबरका १ सय ७८ आयोजनाले विद्युत उत्पादनको अनुमतिपत्र पाएका छन् ।

त्यसैगरी ३ हजार ८२ मेगावाट बराबरका २७ आयोजनाले सर्भेक्षण सकेर उ्रत्पादनको अनुमतिपत्र पाउनका लागि आवेदन दिएका छन् । मंगलबार आयोजना विद्युत विकास विभागको २५ औ रजत जयन्तीमा दिइएको जानकारी अनुसार, सर्भेक्षण अनुमतिपत्रका लागि ९ सय ८ मेगावाट बराबरको आवेदन परेको छ ।
कारोबारबाट

Logo