काठमाडौं

विगतका वर्षमा ढुवानीका क्रममा वार्षिक कम्तीमा ६८ करोड रुपैयाँ बराबरको इन्धन चुहावट (चोरी) भएको तथ्य पुष्टि भएको छ । "/>

वार्षिक ६८ करोडको इन्धन चोरी !

वार्षिक ६८ करोडको इन्धन चोरी !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विगतका वर्षमा ढुवानीका क्रममा वार्षिक कम्तीमा ६८ करोड रुपैयाँ बराबरको इन्धन चुहावट (चोरी) भएको तथ्य पुष्टि भएको छ । नेपाल आयल निगमले इन्धन ढुवानीमा ‘सेक्युरिटी लकिङ सिस्टम’ प्रयोगमा ल्याउनु भन्दा अघि वार्षिक ६८ करोड रुपैयाँ बराबरको इन्धन चुहावट भएको पुष्टि भएको हो ।

विगतमा इन्धन ढुवानीक्रममा ट्यांकरचालकले बीच बाटोमा तेल चोरी गरेको कारण पूरा परिणाम नआएको निगम र पम्प सञ्चालकले बताउँदै आएका थिए । निगमले ढुवानीक्रममा हुने तेल चोरी नियन्त्रण गर्न सबै ट्यांकरमा ‘सेक्युरिटी लकिङ सिस्टम’ जडान गरेपछि इन्धन चुहावट (चोरी) नियन्त्रण भएको छ । यसै आधारमा विगतमा वार्षिक ६८ करोड रुपैयाँ बराबरको इन्धन चोरी भएको रहस्य खुलेको हो ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ढुवानी गर्ने ट्यांकरमा ‘लकिङ सिस्टम’ जडान गरेपछि प्रतिट्यांकर करिब ५० लिटर तेल बचत भएको निगमले जनाएको छ । विगतमा भन्दा अहिले प्रतिट्यांकर ५० लिटर तेल धेरै आएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘हरेक ट्यांकरमा विगतमा भन्दा धेरै तेल आएको छ,’ उनले भने, ‘एभरेजमा हरेक ट्यांकरमा ५० लिटर तेल बचत भएको हाम्रो निष्कर्ष छ ।’

आइओसीबाट दैनिक चार सय ट्यांकरले पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मटीतेल, हवाई इन्धन) ढुवानी गर्दै आएका छन् । एउटा ट्यांकरबाट ५० लिटर बचत हुँदा दैनिक २० हजार लिटर तेल चुहावट हुनबाट रोकिएको छ । यसबाट एक महिनामै ६ लाख लिटर पेट्रोलियम पदार्थ जोगिन्छ । पेट्रोल, डिजेल, मटीतेल, हवाई इन्धनको फरक–फरक मूल्य भए पनि प्रतिलिटर सरदर ९५ रुपैयाँले हिसाब गर्दा मासिक पाँच करोड ५० लाख रुपैयाँको तेल चुहावट हुनबाट रोकिएको छ । यसै आधारमा वार्षिक ६८ करोड ४० लाख रुपैयाँ निगमलाई कम व्ययभार परेको निगमले जनाएको छ । भारतबाट गएको वर्ष नेपालले १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको इन्धन आयात गरेको बताइएको छ ।
नागरिकबाट

Logo