काठमाडौँ

चालु आर्थिक वर्षमा बैंकिङ प्रणालीबाट ३५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ । "/>

एक वर्षमा साँढे ३५ अर्बको सुन आयात

एक वर्षमा साँढे ३५ अर्बको सुन आयात

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चालु आर्थिक वर्षमा बैंकिङ प्रणालीबाट ३५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ । यो वर्ष गतवर्षको तुलनामा तीन अर्ब ९३ करोड भन्दा बढीको सुन आयात भएको हो । प्रत्येक वर्ष सुन आयात बढ्दै गएको छ । नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षमा सात हजार दुई सय ६० किलो सुन बैंकिङ प्रणालीबाट आयात भएको छ । आर्थिक वर्ष ०७३/७४ भरीमा ६ हजार चार सय ५५ किलो आयात भएको थियो ।बजारमा अहिले प्रति १० ग्राम सुनको मूल्य ४८ हजार आठ सय ४७ रुपैयाँ तोकिएको छ । यो हिसाबले एक वर्षमा उक्त रकम बराबरको सुन मुलुकमा भित्रिएको हो ।

एक महिनामा ६ सय किलो सुन बैंकले ल्याउने गरेको सेन्चुरी कमर्सियल बैंकका टे«जरी विभाग प्रमुख झविन्द्र खत्रीले बताए । ‘त्यसरी ल्याएको सुन ५० किलोको दरले बैंकलाई बिक्री गर्न दिइन्छ,’ उनले भने, ‘लाइन (क्यु) मा बसेर महिनामा १२ वटा बैंकले त्यस्तो सुन बिक्री गर्छन् ।’

वार्षिक रुपमा ५० अर्बको सुनको कारोबार हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले बताए । यसबाट करिब १३ अर्ब राजस्व सरकारलाई प्राप्त हुने गरेको महासंघको भनार्इ छ । २२ हजार भन्दा बढी व्यवसायी सुनचाँदी कारोबारमा छन् । यसमा करिब दुई लाख कामदार तथा कालिगढले प्रत्यक्ष तथा अपत्यक्ष रुपमा रोजगारी पाइरहेको महासंघको भनाइ छ ।

अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा विदेशबाट फर्किने नेपालीले भन्सार तिरेर एक सय ग्राम सम्म काँचो सुन आयात गर्न सक्ने व्यवस्था गरेपछि फेरि बैंकिङ च्यानलबाट सुन आयातमा कमी आउने र गैरबैंकिङ प्रणालीबाट सुन बढी भित्रिने अनुमान गरिएको छ । तर बैंकले भन्दा बढी भन्सार तिरेर ल्याउने भएकाले बैंकबाट आयात हुने सुनमा कमी नआउने अध्यक्ष सुनारको भनाइ छ । ‘सुन ल्याउन विदेशमा काम गरेकोले आयस्रोत देखाउनु पर्ने हुन्छ,’ उनले भने, ‘आयस्रोत देखाएर ल्याउँदा पनि यहाँ किन्नु भन्दा महँगो पर्ने भएकाले त्यसरी सुन बोकेर आउने कमै हुन्छन् ।’
नागरिकबाट

Logo