शेयरबजारमा अनौठो घटना, आधा पनि बिकेन आइपिओ

शेयरबजारमा अनौठो घटना, आधा पनि बिकेन आइपिओ

केन्द्रबिन्दु
0
Shares

‘आइपिओ नै बिकेन’ भन्ने सुन्दा अनौठो लाग्छ । तर नेपाली शेयर बजारमा यस्तो कहिलेकाही भैरहन्छ । त्यसैले यो सामान्य झैँ मान्न सकिएला तर तोकिएको भन्दा आधा पनि आइपिओ नबिक्नु भनेको अनौठो नै हो । सम्भवत नेपाली शेयर बजारमा यस्तो भएको यो नै पहिलो पटक हो ।

जोशी हाइड्रोपावरले निष्काशन गरेको आईपिओ आधा पनि बिक्रि नभएको हो । कम्पनीले जेठ ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आइपिओ निष्काशन गरेको थियो । हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला, इलाम नगरपालिका वडा नं १, ३ र ४ का वासिन्दाहरुको लागि ३ करोड ७१ लाख ४० हजार रुपैंया बराबरको तीन लाख ७१ हजार चार सय कित्ता शेयर निष्काशन गरेको थियो ।

असार ११ गतेसम्म आवेदन माग गरिएकोमा कम्पनीको आईपिओमा केवल १ लाख २९ हजार ३ सय कित्ताको माग परेको हो । यो कुल निष्काशनको ३४.८१ प्रतिशत मात्र हो । अब कम्पनीले माग नआएको आईपिओ सर्बसाधारणलाई बिक्रि गर्ने गर्नेछ । अब कम्पनीले सर्वसाधारणलाई १६ लाख ९० हजार ४७० कित्ता सेयर जारी गर्नेछ ।

Logo