तेह्रथुम

ऐँंसेलु जंगलमा फल्छ । बटुवा वा गोठालाले टिपेर खाए मात्र यसको खपत हुन्छ, नत्र झेरर जान्छ । "/>

ऐँंसेलु बेचेरै करोड आम्दानी !

ऐँंसेलु बेचेरै करोड आम्दानी !

केन्द्रबिन्दु
0
Shares

तेह्रथुम

ऐँंसेलु जंगलमा फल्छ । बटुवा वा गोठालाले टिपेर खाए मात्र यसको खपत हुन्छ, नत्र झेरर जान्छ । अहिले सम्म नेपालमा यसको व्यावसायिक खेती भएको सुनिएको छैन । तर ऐँसेलु बेचेर यो सिजनको २ महिनामा भने एकै गाउँका कृषकले १ करोड रुपैंयाँ भन्दा बढी आम्दानी गरेका छन् ।

संखुवासभा टुटेको मकालु वाइन इन्डष्ट्रिजलाई ऐँंसेलु विक्री गरेर उनीहरूले करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेका हुन् । वाइनलाई थप स्वादिलो बनाउन कच्चा पदार्थको रुपमा ऐँंसेलु प्रयोग हुन्छ । लालिगुराँस नगरपालिका सुङनामका पुन्य तिम्सिनाले २ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको बताए । त्यस क्षेत्रका सोल्मा, सुङनाम, सन्सारे, वसन्तपुर, फुलेक, दागपा, काटे लगायतका बासिन्दाले ऐँसेलु विक्री गरेर ५० लाख भन्दा बढी भित्र्याएको बताउँछन् ।

धनकुटा मारेकटहरे माझखर्कका रुद्र गुरुङले दुई महिनामा गाउँलेले टिपेको ऐँसेलु ट्र्याक्टरमा ढुवानी गराएर ६ लाख ५० हजार रुपैंयाँ आम्दानी गरेको बताए । संखुवासभाको तामाफोक ९ टुटेमा खुलेको वाइन उद्योग तेह्रथुम, संखुवासभा र धनकुटाका बासिन्दाका लागि ऐँसेलु विक्री गरेर गाउँमा करोडौं रुपैंया भित्र्याउने माध्यम वनेको छ । यस वर्ष वैशाख दोस्रो साताबाट जंगलमा फलेको ऐँसेलु टिपेर तामाफोक, मारेकटहरे, परेवादिन, आङदिम, हमरजुङ, फुलेक लगायतका दर्जन बढी स्थानका बासिन्दाले ४० लाख भन्दा बढी रुपैयाँ गाउँमा भित्र्याएको उद्योगका सञ्चालक सुजन श्रेष्ठले वताए । ऐँसेलुवाट उद्योगले ‘हिंवा’ व्राण्डको वाइन उत्पादन गर्दै आएको छ ।

जंगलमा निःशुल्क टिप्न पाईने ऐँसेलु प्रतिकेजी ५० रुपैयाँ सम्ममा विक्री भएपछि किसानले निजी र सामुदायिक वनमा ऐँसेलुको व्यवसायिक खेती समेत सुरु गरेका छन् । गाउँलेले जंगलमा टिपेको ऐँसेलु खरिद गरेर उद्योगलाई विक्री गर्ने बिचौलियाहरूले समेत दुई महिनाको अवधिमा लाखौं रुपैयाँ कमाइ गरिरहेका छन् । परेवादिन–६ धनकुटाकी रिता भट्टराईले गाउँ नजिकको जंगलमा टिपेको ऐँसेलु विक्री गरेर यो सिजनमा ३५ हजार रुपैंयाँ आम्दानी गरेको बताइन् । पछिल्ला वर्षहरूमा सामुदायिक वनले समेत ऐँसेलुको व्यवसायिक खेती गरिरहेका छन् ।
कारोबारबाट

Logo