काठमाडौं

सरकारले आउँदो वर्षको लागि धानको समर्थन मूल्य निर्धारण गरेको छ । मुलुकमा उत्पादित धानको बजारीकरणसँगै किसानलाई उचित मूल्य प्रदान गर्नका लागि समर्थन मूल्य निर्धारण गरिएको हो । "/>

धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ४३८ रुपैयाँ निर्धारण

धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ४३८ रुपैयाँ निर्धारण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले आउँदो वर्षको लागि धानको समर्थन मूल्य निर्धारण गरेको छ । मुलुकमा उत्पादित धानको बजारीकरणसँगै किसानलाई उचित मूल्य प्रदान गर्नका लागि समर्थन मूल्य निर्धारण गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि भूमिव्यवस्था तथा सहकारी मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल खाद्य संस्थानका प्रतिनिधि बीच सोमबार भएको बैठकले धानको समर्थन मूल्य निर्धारण गरेको हो । मन्त्रालयका अनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार २ सय ४७ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ हजार ४ सय ३८ रुपैयाँ निर्धारण गरिएको छ । छिमेकी मुलुक भारतमा प्रतिक्विन्टल धानको समर्थन मूल्य २ हजार ८ सय रुपैयाँ रहेको छ । भारत सरकारले धानको मूल्यमा प्रतिक्विन्टल ५ सय रुपैयाँ अनुदान दिने गरेको छ ।

किसानबाट व्यापारीले सस्तो मूल्यमा धान खरिद गर्दा किसान मारमा पर्न थालेपछि उचित मूल्य उपलब्ध गराउनका लागि सरकारले समर्थन मूल्य निर्धारण गरेको हो । प्रत्येक वर्ष धानको समर्थन मूल्य निर्धारण गर्ने गरिए पनि अझै कार्यान्वयनमा आउन सकेको छैन । किसानले उत्पादन गरेको धान विक्री गर्दा घाटा नपरोस् भनेर समर्थन मूल्य तोकिएको मन्त्रालयकी उपसचिव उर्मीला केसीले जानकारी दिइन् । धानको बजारीकरण र किसानलाई उचित मूल्य उपलब्ध गराउन समर्थन मूल्य निर्धारण गरिएको उनले बताइन् ।

संस्थानका अनुसार राष्ट्रिय खाद्य सुरक्षा भण्डारणमा २५ हजार टन मौज्दात राख्नुपर्छ । सार्क खाद्य सुरक्षा बैंकमा ८ हजार टन मौज्दात हुनुपर्छ । देशमा हुने प्राकृतिक प्रकोप, विपत्तिलाई लक्षित गरेर खाद्य सुरक्षा भन्डारणमा २५ हजार र सार्क बैकमा आठ टन मौज्दात राखिन्छ । जुन खाद्यान्न आवश्यक परेको बेलामा मात्र प्रयोग गरिन्छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा मुलुकभरी ४२ लाख ९९ हजार टन, २०७३/७४ मा ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो । यस्तै आर्थिक २०७४/७५ मा ५१ लाख ५२ हजार टन उत्पादन भएको थियो । तर सरकारले खरिद गर्न भने सकेको छैन ।
कारोबारबाट

Logo