काठमाडौं
नेपाल आउने पर्यटकको प्रमुख गन्तव्यको रुपमा रहेका क्षेत्रहरुमा नेपाल वायु सेवा निगमले आफ्नो सेवा उपलब्ध गराउने भएको छ । "/>

जहाजको संख्या २० पुर्‍याउँदै निगम

जहाजको संख्या २० पुर्‍याउँदै निगम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेपाल आउने पर्यटकको प्रमुख गन्तव्यको रुपमा रहेका क्षेत्रहरुमा नेपाल वायु सेवा निगमले आफ्नो सेवा उपलब्ध गराउने भएको छ । ‘जहाँ नेपाल आउने पर्यटक, त्यहाँ नेपाल वायु सेवा निगम’ भन्ने नाराका साथ सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । गत असार १४ गते निगमले पहिलो ‘वाइड बडी’ जहाज भित्र्याएको थियो । यस्तै आगामी तीन साता भित्र सोही प्रकृतिको अर्को जहाज समेत नेपाल आइपुग्नेछ ।

दुई वटा वाइड बडी र दुई ‘न्यारो बडी’ जहाजले अन्तर्राष्ट्रिय उडान गर्ने र पर्यटन प्रवद्र्धनमा लाग्ने लक्ष्यका साथ निगमले सो अवधारणा अगाडि सारेको हो । निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले नेपाल सरकारले सन २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ को रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको, निजी उद्योगी तथा पर्यटन व्यवसायीको समेत निगमसँग त्यस्तै अपेक्षा रहेकाले आफूहरु उक्त योजनामा केन्द्रित भएको बताए ।

यूरोप, अमेरिका सम्म निगमको जहाज उडाउने योजना छ । एसियाली मुलुकका गन्तव्य तथा छिमेकी देशहरुमा समेत हामी सेवा उपलब्ध गराउँछौं, महाप्रबन्धक कसांकारले भने, नेपाल आउने पर्यटक केन्द्रित मुलुकमा निगमको सेवा पुर्याउँछौं । आक्रामक रुपमा स्वदेशी तथा विदेशी गन्तव्यमा सेवा पुर्याउने र विदेशी विमान कम्पनीले बोक्दै आएका यात्रु समेत निगमका विमान मार्फत नै ल्याउने लक्ष्य समेत लिइएको छ । आन्तरिक गन्तव्यमा खस्किएको बजार समेत उकासेर उपभोक्तालाई प्रभावकारी एवं सहज सेवा दिने लक्ष्य राखिएको छ । विमानस्थल रहेका सबै गन्तव्यमा निगमको जहाज उडाइने छ ।

महाप्रबन्धक कसांकारले आन्तरिक तथा बाह्य दुवै गन्तव्यमा सेवा दिने र निगमको आर्थिक स्वास्थ्यमा समेत गुणस्तरीय सुधार गरिने प्रतिबद्धता व्यक्त गरे । निगमले करिब २४ अर्ब लागतमा दुई वाइड बडी जहाज खरिद गरेको हो । त्यस मध्ये एउटा जहाज आइसकेको छ भने अर्को आउने क्रममा छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण सहयोगमा ती जहाज खरिद गरिएको हो ।
अन्नपूर्णबाट

Logo