शेयर बजार: अर्ब बढीको कारोबार

शेयर बजार: अर्ब बढीको कारोबार

केन्द्रबिन्दु
0
Shares

धितोपत्र बजारमा यस साता रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेन्जकाअनुसार कूल १८४ कम्पनीको ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २८ दशमलव ३९ प्रतिशत बढी हो । गत साता १८६ कम्पनीको ३६ लाख ७९ हजार छ सय कित्ता शेयर रु एक अर्ब चार करोड १६ लाख २३ हजारमा खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९ दशमलव ८८ अंकले बढेर अन्तिम दिन एक हजार २२४ दशमलव ४१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा आठ दशमलव ३४ अंकले बढेर २५७ दशमलव ४६ अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमको आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु सात करोड ४२ लाख ३० हजार बराबरको शेयर कारोबार भएको छ । यस्तै कारोबार भएको शेयर संख्याका आधारमा प्राइम कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको एक लाख ५५ हजार कित्ता शेयर कारोबार भएको छ । 

यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋण पत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

Logo