पञ्चकन्या माई हाइड्रोले सर्वसाधारणलाई आइपीओ दिने

पञ्चकन्या माई हाइड्रोले सर्वसाधारणलाई आइपीओ दिने

केन्द्रबिन्दु
0
Shares

पञ्चकन्या माई हाइड्रोपावरले सर्वसाधारणलाई साधारण शेयर बिक्रि गर्ने भएको छ । हाइड्रोपावरले आगामी साउन १ गतेदेखि प्रति कित्ता एक सय रुपैयाँका दरले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्रि गर्ने लागेको हो ।

११ लाख कित्ता मध्ये ४ प्रतिशत अर्थात् ४४ हजार कित्ता कर्मचारीहरुलाई तथा ५ प्रतिशत अर्थात् ५५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि १० लाख १ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई यस अघि नै गत माघ ५ गते देखि २३ गते सम्म ११ लाख कित्ता आइपीओ बाँडफांड गरिसकेको छ । पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ। यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ ।

Logo