आजदेखि दुई कम्पनीको आइपिओ बजारमा

आजदेखि दुई कम्पनीको आइपिओ बजारमा

केन्द्रबिन्दु
0
Shares

आजदेखि दुइ कम्पनीको आईपीओ बजारमा आएको छ । घलेम्दी हाइड्रो लिमिटेड र माउन्टेन हाइड्रोले आईपिओ बिक्रि खुला गरेका हुन्  ।

घलेम्दी हाइड्रो लिमिटेडले  स्थानीय बासिन्दाको लागि आईपिओ निष्कासन गरेको हो  । कम्पनीले  म्याग्दीको आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासिन्दालाई ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको हो  । 

स्थानीयले न्यूनतम ५० कित्ता र अधिकतम २७ सय ५० कित्ताको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि छिटोमा साउन ४ गते र ढिलोमा साउन २० गतेसम्मको समय तोकिएको छ ।

स्थानीयलाई शेयर जारी गरीसकेपछि कम्पनीले सर्वसाधारणको लागि शेयर जारी गर्ने जनाएको छ ।

त्यस्तै माउन्टेन हाइड्रो नेपाल लिमिटेडले पनि पहिलो चरणमा आयोजना प्रभावीत स्थानीयबासीका लागि आईपिओ निष्कासन गरेको हो  ।  कम्पनीले स्थानीयको लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको हो  । कुल १२ लाख ५० हजार कित्ता मध्ये ७ लाख ५० हजार कित्ता पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका लागि र ५ लाख कित्ता पाँचथरका अन्य क्षेत्रका स्थानीयबासिन्दालाइ छुट्टाइएको छ ।

लगानीकर्ताले न्युनतम ५० देखि अधिकतम ६००० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

Logo