काठमाडौं

नेपाल आयल निगमले नयाँ मूल्यसूची आएको भए पनि साविकै मूल्य सूचीमा पेट्रोलियम पदार्थ बिक्री गर्ने भएको छ । "/>

आयल निगमले साविककै मूल्यमा इन्धन बेच्ने

आयल निगमले साविककै मूल्यमा इन्धन बेच्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल आयल निगमले नयाँ मूल्यसूची आएको भए पनि साविकै मूल्य सूचीमा पेट्रोलियम पदार्थ बिक्री गर्ने भएको छ । निगमद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अन्तर्राष्ट्रिय बजार मूल्य बढी सकेको स्थितिमा भारतीय आयल कर्पोरेसनबाट १ जुलाई २०१८ देखि लागू हुने गरी नयाँ मूल्यसूची प्राप्त भएको छ । पेट्रोलियम पदार्थको नयाँ मूल्य र निगमले २०७१ असोज देखि प्रचलनमा ल्याएको स्वतःनिर्धारण मूल्य संरचना बमोजिम मूल्यको विस्तृत विश्लेषण गर्दा हाल बिक्री मूल्य थपघट गर्नु पर्ने हिसाबले नआएकाले १५ दिन पछि अर्को नयाँ मूल्य प्राप्त नहुन्जेल सम्म साविककै मूल्यमा बिक्री गर्ने जनाएको छ ।

हाल निगमले पेट्रोल, मट्टितेल र हवाई इन्धनको पाक्षिक घाटा ३ करोड ६२ लाख रुपियाँ रहेको जनाएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपालले पेट्रोलियम पदार्थ बिक्री गर्न नसक्दा घाटा भएको बताएको छ । साविकै बिक्री मूल्य र नयाँ खरिद मूल्य बमोजिम पेट्रोलमा प्रतिलिटर १ रुपियाँ ६७ पैसा नाफा छ भने डिजेलमा प्रतिलिटर ०.६७ र एलपी ग्याँसमा प्रतिसिलिन्डर २३३ रुपियाँ ९० पैसा घाटा रहेको निगमको भनाइ छ ।

पेट्रोल, मट्टितेल र हवाइ इन्धनको नाफा मिलान गर्दा पनि पाक्षिक करोडौ घाटा हुने गरेको निगमका प्रवत्ता वीरेन्द्र गोइतले जानकारी दिए । भारतको रक्सौल सिमा क्षेत्रमा भन्दा पेट्रोल प्रतिलिटर २१ रुपियाँ ६१ पैसा र डिजेल प्रतिलिटर २४ रुपियाँ १९ पैसाले अझै नेपालतर्फ सस्तो रहेको हुँदा चुनौती रहेको बताइएको छ ।
नेपाल समाचारपत्रबाट

Logo