काठमाडौं

अमेरिकी डलरको भाउ अहिले सम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विक्रीदर १ सय १० रुपैयाँ ३८ पैसा तोकेको छ । "/>

अमेरिकी डलर अहिले सम्मकै महंगो !

अमेरिकी डलर अहिले सम्मकै महंगो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

अमेरिकी डलरको भाउ अहिले सम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विक्रीदर १ सय १० रुपैयाँ ३८ पैसा तोकेको छ । मंगलबार डलरको तुलनामा नेपाली रुपैयाँ हाल सम्मकै सबैभन्दा कमजोर हो ।

पछिल्लो समय डलरसँग भारु कमजोर बन्दै गएकाले नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको हो । नेपालले भारतसँग स्थिर विनिमय कायम गरेकाले डलरसँग भारुको सन्तुलनले नेपाली रुपैयाँको डलरसँगको विनिमय कायम गर्छ । यस्तै पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेकोले पनि डलरमा चाप परेको हो । साथै पछिल्लो समय भारतको निर्यात घटेर आयात बढ्दा डलर बाहिरिने हुँदा भारु कमजोर बनेको हो ।

डलरको मूल्य बढ्दा नेपाललाई धेरै घाटा भए पनि केही फाइदा भने हुन्छ । डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा भने वृद्धि हुन्छ र निर्यात व्यापारलाई राहत मिल्छ । यस्तै वस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुन्छ । पछिल्ला वर्षहरूमा नेपालको निर्यात खस्कदो रहेकोले नेपाललाई खासै फाइदा भने हुँदैन । तर आयातित वस्तुको मूल्य बढी भइ झन् घाटा हुन्छ । नेपालको अर्थतन्त्र आयातमा निर्भर भएकोले डलरको मूल्यवृद्धिले नेपाली बजारमा डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्दछ । त्यसैले भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो हुन्छ ।
कारोबारबाट

Logo