काठमाडौं

चालू आर्थिक वर्ष सकिन १३ दिन मात्र बाँकी छ । यो बाँकी अवधिमा साढे ११ महिना सम्म भए बराबरको रकम खर्च गर्ने चटारो चौतर्फी रूपमा सुरु भएको छ । "/>

११ महिना बराबरको खर्च १८ दिनमै सक्ने तयारी !

११ महिना बराबरको खर्च १८ दिनमै सक्ने तयारी !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

चालू आर्थिक वर्ष सकिन १३ दिन मात्र बाँकी छ । यो बाँकी अवधिमा साढे ११ महिना सम्म भए बराबरको रकम खर्च गर्ने चटारो चौतर्फी रूपमा सुरु भएको छ । पछिल्ला दिनमा दैनिक अर्बौं रुपैयाँ बजेट खर्च हुन थालेको छ । वर्षको अधिकांश समय कानमा तेल हालेर बसेका निकाय विगत वर्षमा जस्तै यस वर्ष पनि आर्थिक वर्षको अन्तिम महिनाको अन्तिम दिनमा सलबलाउन थालेका छन् ।

हिजोआज काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा सडक पिच गर्न भ्याइनभ्याइ छ । वर्षमा अधिकांश समयमा हुन नसकेका पिच हाल एकाध दिनमा नै सम्पन्न हुन थालेका छन् । त्यस्तै सडक ग्राभेलिङ, पुल निर्माण जस्ता कार्य पनि अहिले तीव्रताका साथ भइरहेका छन् ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको असार मध्य सम्ममा जम्मा ५० प्रतिशत मात्र विकास बजेट खर्च भएको छ । बाँकी बजेट फ्रिज हुन नदिन विकासे आयोजनाले धमाधम काम गरिरहेको नाटक गरिरहेका छन् । वर्षभरि काम नगरी बस्ने र आर्थिक वर्ष सकिनै लाग्दा बजेट सक्नैका लागि काम देखाउने प्रवृत्ति यस वर्ष पनि दोहोरिएको हो ।

अहिले काठमाडौंको सामाखुसी, बालाजु, गोंगबु, सोह्रखुट्टे, बल्खु, जमल, क्षेत्रपाटी लगायतका दर्जनौं स्थानमा सडक पिच गर्ने चटारो छ । कुनै पनि आयोजना निर्माणको जिम्मा लिइसकेपछि ठेकेदारले कमिसन खाई सहायक ठेकेदारलाई कामको जिम्मा लगाउने गर्छन् । त्यसले पनि आयोजना कार्यान्वयनमा ढिलाइ हुने गरेको छ । एक वर्षीय आयोजना सोही आर्थिक वर्ष भित्र सम्पन्न गरिसक्नु पर्ने हुनाले वर्षको अन्त्यमा काम धेरै देखाउने परिपाटी बढेको हो ।

विनियोजित बजेट समयमा नै खर्च गराउन सरकार लागिपरेको भए पनि विगत वर्षमा जस्तै यस वर्ष पनि लक्ष्यअनुसार खर्च हुन नसकेको अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्य बताउँछन् । ‘अहिले जे देखिएको छ, त्यसभन्दा बढी नै खर्च भएको भए पनि भुक्तानी पाउन नसकेको हुँदा तथ्यांकमा खर्च कम देखिएको छ,’ प्रवक्ता आचार्य भन्छन्, ‘काम सम्पन्न भएका धेरै हुन्छन्, भुक्तानीका लागि आएका निवेदन ‘एप्रुभ’ भइरहेका छन् । यो भुक्तानी भइसकेको तथ्यांक मात्रै भएकाले अन्तिम सम्म खर्च ६० प्रतिशत भन्दा बढ्नेछ ।’

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको पुँजीगततर्फ कुल ३ खर्ब ३५ अर्ब बजेट मध्ये १८ असार सम्ममा १ खर्ब ८० अर्ब अर्थात कुल विकास बजेटको ५३ प्रतिशत मात्र खर्च भएको छ । बाँकी ४७ प्रतिशत बजेट अबका केही दिन भित्रमा खर्च गर्न अहिले सबै निकाय लागिपरेका छन् ।
राजधानीबाट

Logo