काठमाडौं

नेपालमा मोबाइल बैंकिङ ग्राहकको संख्या झण्डै ४० लाख पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्त सम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतमा गरी मोबाइल बैंकिङ ग्राहकको संख्या ३९ लाख ९९ हजार आठ सय तीन पुगेको हो । "/>

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ४० लाख पुग्यो

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ४० लाख पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालमा मोबाइल बैंकिङ ग्राहकको संख्या झण्डै ४० लाख पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्त सम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतमा गरी मोबाइल बैंकिङ ग्राहकको संख्या ३९ लाख ९९ हजार आठ सय तीन पुगेको हो । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमा मात्र मोबाइल बैंकिङ ग्राहकको संख्या ३६ लाख ४४ हजार आठ सय ३७ रहेको छ । यस बाहेक क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ३४ वटा विकास बैंकहरुमा मोबाइल बैंकिङ ग्राहकको संख्या तीन लाख २५ हजार दुई सय ९६ रहेको छ भने २५ वटा फाइनान्समा यस्तो ग्राहक संख्या १९ हजार ६७० रहेको छ ।

यसबीचमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको कुल संख्या भने सात लाख ८४ हजार दुई सय ८६ पुगेको छ । सो मध्ये वाणिज्य बैंकमा मात्र यस्तो संख्या सात लाख ६७ हजार चार सय ३२ रहेको छ भने विकासबैंक र फाइनान्स कम्पनीहरुमा यस्तो संख्या क्रमश १३ हजार ७१८ र तीन हजार एक सय ३६ रहेको छ ।

राष्ट्र बैंकका अनुसार बैंकहरुले जारी गर्ने डेबिट कार्ड प्रयोगर्ताहरुको कुल संख्या भने ५२ लाख ३५ हजार २८४ रहेको छ । सो मध्ये वाणिज्य बैंकमा ४९ लाख ८३ हजार ४०, विकास बैंकहरुमा दुई लाख २१ हजार दुई सय पाँच र फाइनान्स कम्पनीहरुमा ३१ हजार ३९ रहेको छ । क्रेडिट कार्ड प्रयोगर्ताहरुको संख्या भने चालू आवको वैशाख मसान्त सम्म ९७ हजार ९६ पुगेको छ । यसैगरी प्रिपेड कार्ड प्रयोगकर्ताहरुको संख्या भने ९६ हजार नौ सय ६५ पुगेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरुमा भने डेबिट कार्ड र प्रिपेड कार्ड प्रयोगकर्ता ग्राहकहरुको संख्या शून्य रहेको छ ।

यसबीचमा एटीएम काउन्टरको कुल संख्या भने दुई हजार ६२४ पुगेको छ । सो मध्ये वाणिज्य बैंकहरुको मात्र एटीएम काउन्टरको संख्या दुई हजार चार सय २० वटा रहेको छ । बाँकी रहेका मध्ये विकास बैंकहरुको कुल एटीएम काउन्टरको संख्या १७३ र फाइनान्सहरुको ३१ वटा रहेको छ ।
आर्थिक दैनिकबाट

 

Logo